शुक्रबार, जेठ १, २०८३

दुर्घटनामा परी भारतमा पन्ध्रको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
नयाँदिल्ली – भारतको कर्नाटकमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। 

शनिबार भएको यात्रुवहाक बस दुर्घटनामा परी अन्य कैयौँ घाइते पनि भएका अधिकारीले जनाएका छन्। कर्नाटक राज्यको राजधानी बेङ्लुरुदेखि १०५ किलोमिटर टाढा घटना भएको बताइएको छ। दुर्घटना भएपछि बस नहरमा खसेको थियो। 

ती घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको समाचारमा जनाइएको छ। केही घाइतेकोको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीले अनुमान गरेका छन्। रासस/सिन्ह्वा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।