शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शान्तिवाटिकाबाट सुरु भयो महानगर सुन्दर बनाउने अभियान

शान्तिवाटिकाबाट सुरु भयो महानगर सुन्दर बनाउने अभियान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावमा गरेका वाचा पूरा गराउन अभियान नै थालेका छन् । उनले धुँवाधुलो मुक्त काठमाडौं बनाउने, सडकका खाल्डाखुल्डी पुर्नेलगायत काठमाडौंलाई आकर्षक सहर बनाउने प्रतिबद्धता नगरबासीसँग गरेका थिए) । सोही प्रतिबद्धता अनुसार मेयर शाक्यले पाँचवटा ब्रुमरको प्रयोग गरी उपत्यकाको सफाइ थालेका छन् । 

शनिबार विहानको झुल्के घाँमसँगै शान्तिवाटिकाबाट सरु गरेको यो अभियानले अब निरन्तरता पाउने मेयर शाक्यले दाबी गरे । कार्यक्रमको शुरुवातगर्दै मेयर शाक्यले काठमाडौँ महानगरपालिकासँगै विभिन्न संघ–सस्थाले अलग–अलग रुपमा सरसफाई अभियान सञ्चालन गरेको बताए । उनले भने, ‘कतिपय ठाउँमा काठमाडौँ महानगरपालिका आफैँले गर्थ्यो। 


कपतिपय ठाउँमा सडक विभागले पनि आफैँ सरसफाई गर्दै आएको थियो । हामीले वातावरण र फोहोर-मैलासँग सम्वन्धित निकायलाई सरसफाईका लागि आह्वान गर्दै आएका थियौँ । अब सामुहिक प्रयत्नबाट काठमाडौंलाई सफा र सुन्दर बनाउनेछौं ।’

मेयर शाक्यले उद्घाटन गरेसँगै रत्नपार्कबाट सुरु भएको सडक सरसफाइ अभियान बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामंगलसम्म पुगेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।