शनिबार, साउन ९, २०८३

ला लिगा : आज बार्सिलोना, रियल र एटलेटिको भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्पेनिस ला लिगा अन्तर्गत शनिबार विभिन्न ४ खेलहरु हुँदैछन् । जसमा बार्सिलोना, एटलेटिको मड्रिड र रियल मड्रिड जस्ता ठुला टोलीले प्रतिस्पर्धा गर्दै छन् । 

ला लिगामा आजको मुख्य आर्कषकको रुपमा बार्सिलोना र एटलेटिको मड्रिड आमनेसामने हुँदैछन् । मड्रिडको खेल मैदानमा नेपाली समय अनुसार राति १:३० मा सुरु हुने खेलमा एटलेटिको बार्सिलोनाविरुद्ध जितविहिन यात्रालाई तोड्ने सुरमा हुनेछ ।

एटलेटिकोले लिगको पछिल्लो १६ खेलमा बार्सिलोनालाई हराउन सकेको छैन । यसअघि सन् २०१० फेब्रुअरीमा एटलेटिको विजयी रहेको थियो । एटलेटिकोले लिगअन्तर्गत घरेलु मैदानमा खेलेका पछिल्लो १६ मध्ये १२ खेलमा जित दर्ता गरेको छ । 

पछिल्लो खेलमा रातो कार्ड पाएपछि मिडफिल्डर इभान राकीटिच यस खेलका लागि उपलब्ध छैनन् । उनको स्थानमा आर्टुरो भिडालले सुरुवाती रोजाइमा खेल्ने सम्भावना रहेको छ । अंक तालिकामा बार्सिलोना एटलेटिकोभन्दा १ अंक अगाडी छ । 

यो खेल जित्ने टोलीले शीर्ष स्थानमा अग्रता बनाउनेछ । दुवै टोलीले पछिल्लो समय कमजोर टोलीविरुद्ध अंक गुमाएका थिए । लिगमा बार्सिलोनाले १२ खेलबाट २४ अंक जोडेको छ । एटलेटिकोको २३ अंक छ । 

ला लिगा अन्तर्गत नै आज रियल मड्रिडले इबरसँग खेल्दैछ । इबरको मैदानमा हुने खेल बेलुका ५:४५ मा सुरु हुनेछ । आज रियल इबरलाई हराएर अंक तालिकामा सुधार गर्न चाहन्छ । 

छैटौं स्थानको रियलले १२ खेलबाट २० अंक जोडेको छ । इबर १५ अंक जोडेर लिगको १३ औं स्थानमा छ । लिग अन्तर्गत नै आज भ्यालेन्सियाले रायो भालेकानो तथा हुएस्काले लेभान्टेसँग खेल्दैछ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।