शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुहाइको साहस : जो बम हमलाकारीको अगाडी चट्टान झैं उभिइन्

सुहाइको साहस : जो बम हमलाकारीको अगाडी चट्टान झैं उभिइन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पाकिस्तान- तीन जना आत्मघाती बम हमलाकारीले पाकिस्तानीको कराचीस्थित चीनीयाँ कन्सुलरलार्इ टार्गेट गरेको सूचना पाएलगत्तै प्रहरी  तत्काल स्थितिलार्इ नियन्त्रणमा लिन सफल भयो। तीनै जना हमलाकारी कन्‍सुलर बिल्डिङ नजिक प्रवेश गर्नु अघि नै प्रहरी अप्रेशनमा मारिए।

यही प्रहरी अप्रेशनको नेतृत्व सम्हालेकी थिइन् साहसी पाकिस्तानी महिला प्रहरी एसपी सुहाइ तलपुरले। आत्मघाती बम हमलाकारीको अगाडी चट्टान झैं उभिएर छाति थाप्ने महिला प्रहरी हुन्, सुहाइ तलपुर। जसले आतंकारीको लक्ष्‍य विफल पारिनन्, उनीहरुलार्इ नै संसारबाट बिदा गरिन्।

 पाकिस्तानको जिओ टेलिभिजनका अनुसार सुहाइ पहिलो प्रहरी अधिकृत हुन्, जसले चीनीयाँ कन्सुलरमा आत्मघाती बम हमलाको सूचना पाएकी थिइन्। उनले सूचना पाएलगत्तै आफू मातहतका प्रहरीसहित उक्त स्थानमा पुगिन्।

उनले बम हमला शुक्रबार बिहान ९:३० बजे हुने सूचना पाएकी थिइन्। त्यसअघि नै सुहाइ विशेष अप्रेशन टिमको नेतृत्व गर्दै घटनास्थल पुगेर तीनै जना आतंककारीलार्इ दुर्इ घण्टा लामो भिडन्तपश्चात त्यही ढलाउन सफल भइन्। उक्त भिडन्तमा हमलाकारीको गोलीले दुर्इ प्रहरी समेत मारिए।  

सुहाइ पाकिस्तानको तल्लो सिन्ध क्षेत्रको पहिलो महिला एसपी हुन्। सिन्ध राज्‍यका मुख्यमन्त्री मुरद अली साहले समेत उनको प्रशंसा गर्दै 'साहसी महिला' भएको बताए। उनले भने, 'सुहाइ अजिज, तिमीले एक साहसको उदाहरण पेस गरेकी छौं। यी महिला जसले संसारसामु हरेकको सुरक्षामा तदारुकता देखाउन सफल भएको उदाहरण पेस गर्छन्।'

उनको सामाजिक सञ्‍जाल ट्वीटरमा समेत निकै प्रशंसा भइरहेको छ। उनलार्इ धेरैले प्रेरणाको स्रोत भएको दाबी गरेका छन्। 


'कसले भन्यो महिला कमजोर हुन्छन्। एसपी सुहाइ अजिज, जसले चीनीयाँ कन्सुलेर कप्रेरसनलार्इ सफलता प्रदान गरिन्। सूचनाको सुक्ष्मता, सूचना पाएलगत्तै देखाएको तदारुकता, राष्ट्रवप्रतिको प्रेम, आतंकारीमाथिको हमला र सम्भावित ठूलो क्षतिबाट जोगाउनु सानो काम होइन। वेल डन!, सुहाइ', पन्जावका इन्सपेक्टर जनरल खालिद फरुकले ट्वीटरमा लेखेका छन्।

उनी चीनीयाँ कन्सुर विल्डिङको अघि आतंककारीको निशाना विफल पार्न अटल भएर उभिन् र सम्भावित ठूलो क्षतिबाट जोगाइन, कन्सुलर विल्डिङ र राष्ट्रको इज्जत। 

उनी सानैदेखि बुर्का लगाउने, समाजको पर्दापछाडि बस्‍ने, विद्यालय जाने र परिवारको चाहनाअनुसार सिए (चार्टड एकाउन्टेन्ट) बन्ने 'डल' करियरको इच्छा कहिल्यै राखिनन्। सन् २०१३ मा उनले प्रहरी फोर्समा प्रवेश गरिन्, प्रहरी टोलीको नेतृत्व गरिन् र शुक्रबारको आतंककारी हमलाबाट राष्ट्रको स्वाभिमान जोगाउन सफल भइन्। 

उनले एक्सप्रेस ट्रवीउनसँगको अन्तर्वातामा भनेकी छन्, 'जब मलार्इ मेरा अभिभावकले विद्यालय भर्ना गराए। तब समाजमा सबैले मेरो परिवारलार्इ जिस्काउँथे र हेयको दृष्टीले हेर्थे। त्यही कारण मेरो परिवारले गाउँ छोड्‍नु पर्‍यो। मैले परिवारको चाहना पुरा गर्न सकिन तर आज राष्ट्रको चाहना पुरा गरेको महसुस भएको छ।' 

उनका बुबा लेखक हुन्। उनी जहिले पनि छोरीलार्इ 'ठूलो मान्छे' भएको हेर्न चाहन्थे। 'गाउँमा मानिसहरुले छोरीले धार्मिक शिक्षामात्र लिनुपर्छ भन्ने चाहन्थे तर मेरा बुबाले जहिले पनि गुणस्तरीय शिक्षा लिनुपर्छ भन्ने पक्षमा उभिनुभयो', सुहाइनले भनिन्। सुहाइले प्रारम्भिक शिक्षा निजी विद्यालयबाट सुरु गरिन् र उच्च शिक्षाका लागि बरीया फाउन्डेसनमा प्रवेश गरिन्। 

उनको शैक्षिक मार्गले उनलार्इ हइदरावाद पुर्‍याए। जहाँ उनले बिकम गरिन्। उनले भनिन्, 'मेरो परिवारले मलार्इ चार्टड एकाउन्टेन्ट बनोस् भन्ने चाहन्थ्यो। तर मलार्इ त्यो दिक्क लाग्दो जागीर खानु थिएन। त्यसकारण मैले प्रहरी फोर्समा प्रवेश गरे।'  (एजेन्‍सीको सहयोगमा)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।