शनिबार, साउन ९, २०८३

लिभरपुलविरुद्ध नेयमार र एमबाप्पेको खेल्ने सम्भावना प्रवल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल दौरान चोट बोकेका फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्डद्वोय नेयमार र किलियन एमबाप्पेले लिभरपुलविरुद्धको खेलमा फर्किने सम्भावना धेरै रहेको देखिएको छ । 

पीएसजीका प्रशिक्षक थोमस टुचेललेका अनुसार चोटग्रस्त फरवार्डद्वोय नेयमार र एमबाप्पे लिभरपुलविरुद्ध खेल्ने सम्भावना रहेको बताएका हुन् । दुवै खेलाडीले शनिबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा चोट बोकेका थिए । 

तर, नेयमार र एमबाप्पेले  टोलुसोविरुद्धको लिग वान खेल भने गुमाउनेछन् । प्रशिक्षकले शनिबार नेयमार र एमबाप्पेलाई खेलाएर जोखिम नमोल्ने बताएका छन् । ब्राजिलले क्यामरुनलाई १-० ले पराजित गरेको खेलमा नेयमारले खेलको आठौं मिनेटमा नै तिघ्रामा चोट बोकेका थिए । 

यता, एमबाप्पेले उरुग्वेलाई १-० ले पराजित गरेको खेलमा काँधमा चोट बोक्दै मैदान बाहिरिएका थिए । पीएसजीले बुधबार राती च्याम्पियन्स लिगको खेलअन्तर्गत घरेलु मैदानमा लिभरपुलसँग खेल्दैछ ।

समूह ‘सी’ बाट नकआउट चरणमा प्रवेश गर्न लिभरपुल र पीएसजी दुवैलाई निश्चित जित आवश्यक छ । लिभरपुलको ६ अंक रहेको छ भने पीएसजीको ५ अंक छ । यो समूहबाट नेपोली ६ अंक जोडेर शीर्ष स्थान छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।