शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  •  काठमाडौंमा छुट्टाछुट्टै दुर्घटना : दुर्इको मृत्यु, दुर्इ जना घाइते

 काठमाडौंमा छुट्टाछुट्टै दुर्घटना : दुर्इको मृत्यु, दुर्इ जना घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ- काठमाडौंमा शनिबार बिहान भएको छुट्टाछुट्टै दुर्घटनामा दुर्इ जनाको ज्यान गएको छ भने। दुई जना घाइते भएका छन्। 

बिहान पौने ५ बजेतिर कोटेश्वरमा भाटभटेनी अगाडि ना ६ ख ५५९२ नम्बरको ट्रकमा ना ५ ख ४०२६ नम्बरको बस ठोक्किँदा बसमा सवार सर्लाहीको मुलुङगा घर भई काठमाडौंको तिलगंगा बस्दै आएका ७१ वर्षीय शम्भू परियारको ज्यान गएको प्रहरीले जनाएको छ। 

घाइते भएकी शम्भूकी श्रीमती रिता र सर्लाही ढुंग्रेखोलाका डम्बर श्रेष्ठको ललितपुरको ग्वार्कोमा रहेको बीएण्डबी अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनापछि फरार रहेका बसका चालकको खोजी भैरहेको छ । 

यस्तै शनिबार बिहानै साढे ३ बजेतिर काठमाडौंकै बल्खुमा टिप्परको ठक्करबाट माइक्रोचालकको ज्यान गएको छ। बा ४ ख ९५७५ नम्बरको टिप्परले बा १ ज ८८५५ नम्बरको माइक्रोलाई ठक्कर दिँदा घाइते भएका सिन्धुपाल्चोकका ६४ वर्षका बाबुकाजी श्रेष्ठको वयोधा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि टिपर चालक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।