काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत तेस्रो चरणको अन्तिम दिन आज (शनिबार) दुई खेल हुदै छ । दुवै खेल हल्चोकस्थित एपीएफ क्लबको मैदानमा हुने छन् ।
पहिलो खेल बिहान ११ बजे सुरु हुने छ भने दोस्रो खेल दिउँसो २:३० मा सुरु हुने छ । बिहान ११ बजे ललितपुरे क्लब फ्रेन्ड्स र सरस्वती युथ क्लबले प्रतिस्पर्धा गर्दैछन् । प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टोली पहिलो लक्ष्य जितको खोजी हुने छ ।
यसअघि दुई खेल खेल्खै दुवै खेलमा पराजय भएका थिए । त्यसैले दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने देखिएको छ । लिगको पहिलो खेलमा फ्रेन्ड्स रुस्लान थ्री स्टार क्लबसँग २-१ ले पराजित भएको थियो हुदा दोस्रो खेलमा विभागीय टोली एपीएफसँग १-० गोलले पराजित भएको थियो ।
यस्तै सरस्वती लिगको पहिलो खेलमा सिएमजी संकटा क्लबसँग १-० ले पराजित हुँदा दोस्रो खेलमा हिमालयन शेर्पासँग १-० ले नै पराजित भएको थियो ।
त्यस्तै शनिबार नै हुने अर्को खेलमा जावलाखेल र हिमालयनबिच प्रतिस्पर्धा हुने छ । लिगको तेस्रो चरणको खेल जारी रहदा जावलाखेल निकै कमजोर देखिएको छ । किनकि जावलाखेलले अघिल्ला दुई खेलमा पराजय व्यहोरेको छ ।
लिगको सुरुवाती दुई खेलमा अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेको जावलाखेल पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबसँग १-० ले पराजित हुँदा दोस्रो खेलमा संकटासँग २-० ले पराजित भएको थियो ।
यता, हिमालयन शेर्पा भने दोस्रो जितको खोजीमा हुनेछ । हिमालयन शेर्पा दोस्रो जितका लागि खराब लयबाट गुज्रिरहेको जावलाखेललाई शिकार बनाउने योजनामा हुनेछ । हिमालयन शेर्पाले पहिलो खेलमा विभागीय टोली एपीएफसंग बराबरी खेल्दै अंक बाडेको थियो ।
यस्तै दोस्रो खेलमा सरस्वती युथ क्लबलाई १-० ले हराएको थियो । लिगमा ४ अंक जोडेको हिमालयन शेर्पा छैटौं स्थानमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४