सोमबार, चैत २, २०८२

मस्जिदमा आक्रमण : १२ को मृत्यु, दर्जनौ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
पाकिस्‍तान- पाकिस्तानको एउटा मस्जिदमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ।
 
पूर्वी खोस्ट प्रान्तमा शुक्रबार भएको सो घटनामा करिब तीन दर्जन व्यक्ति घाइते भएको प्रान्तीय गभर्नर हाकाम खान हाबीबीले जानकारी दिए। 'सैनिकहरु रहेको मस्जिदमा आक्रमण भएको हो, जहाँ ठूलो संख्यामा पुजाका लागि धर्माबलम्बीहरु आएका थिए,' उनले भने। 

उनले थपे, 'घटनामा परी १२ जनाको मृत्यु भएको छ भने अरु ३३ जना घाइते भएका हुन्।'  सरकारी अधिकारीहरुले घटनाका बारेमा थप बताउन सकेका छैनन् । कतिपयले घटनाका बारेमा बुझ्दा आत्मघाती आक्रमण भएको विश्वास गरेका छन्। 

तालिबान लडाकूहरुले घटना गराएको सरकारी अधिकारीहरुको आरोप रहेपनि तालिबान लडाकूहरुको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन।
 
स्थानीयले घटनामा परी मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अनुमान गरेका छन् । प्रान्तीय स्वास्थ्य विभागका प्रमुख गुल अहमद शाहले ४० जनालाई अस्पतालमा उपचार गराइएको पुष्टि गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।