शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जुम्लाको तापक्रम माइनस ३ मा झर्‍यो, काठमाडौंमा हल्‍का कुहिरो

जुम्लाको तापक्रम माइनस ३ मा झर्‍यो, काठमाडौंमा हल्‍का कुहिरो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- तापक्रम ओरोलो लागेसँगै चिसो निरन्तर बढ्‍दै गइरहेको छ। आज जुम्लाको तापक्रम माइनस ३ डिग्री सेल्सियमा झरेको छ। जुम्लाको तापक्रम शुक्रबार माइनस दुर्इ डिग्री सेल्सियसमा मापन गरिएकव थियो। 

काठमाडौंमा शुक्रबार ७ दशमलव डिग्री सेल्सियस रहेको तापक्रम शनिबार पनि ७ डिग्रीमा झरेको छ। आज हल्का कुहिरोसमेत लागेको छ। बिहीबार काठमाडौंको न्‍यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो भने जुम्लाको तापक्रम भन माइनस १ दशमल ६ डिग्री सेल्सियस थियो। 

आजको जोमसोमको तापक्रक १ दशमलव ६ डिग्री सेल्सियस, जिरीको २ दशमलव ५ डिग्री, डडेल्धुरामा ७ दशमलव ४ डिग्री र तापल्जेङको तापक्रम ७ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ। 

शुक्रबार जोमसोमको तापक्रम ३ दशमलव २ डिग्री, जिरीको तापक्रम ३ दशमलव ७ डिग्री र डडेल्धु्राको तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस  मापन गरिएको थियो। 

मंसिर ०८ गते शनिबार दिउँसो देशको पूर्वी तथा मध्य पहाडि भू-भागका केही स्थानमा आंशिक बदलि रहने सम्भावना छ भने बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौंमा आज बिहान ६ बजेर ३२ मिनेटमा सुर्योदय भयो भने सुर्यास्त बेलुका ५ बजेर ९ मिनेटमा हुनेछ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।