शनिबार, वैशाख २६, २०८३

शरीरमा 'स्टामिना' कसरी बढाउने ?

शरीरमा स्टामिना कमी भयो भने मानिसमा आलस्यता पैदा हुन्छ। जसले गर्दा मानिस केही काम पनि राम्रोसँग गर्न सक्दैन।
 |  शुक्रबार, असोज २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०

शरीरमा स्टामिना कमी भयो भने मानिसमा आलस्यता पैदा हुन्छ। जसले गर्दा मानिस केही काम पनि राम्रोसँग गर्न सक्दैन।

National life

स्टामिना बढाउनको लागि मानिसले आफ्नो खान-पान र नृत्यकर्ममा विषेश ध्यान दिनुपर्छ। यदि तपाइको शरीरमा स्टामिनाको कमि छ भने बिहान-बिहान योग गर्नु पर्ने हुन्छ। यदि प्रत्यक दिन एक नियम बनाएर योग गर्‍यो भने शरीरमा स्टामिनाको कमी महसुस हुँदैन।

उष्ट्रासन
उष्ट्रासनमा योग गर्दा स्टामिना बढ्दछ। यस आसनलाई कमल आसन पनि भन्ने गरिन्छ। यो आसन गर्नका लागि घुडा टेकेर बस्ने र पछाडीतर्फ निहुँरिदै शरीरलाई धनुष आकारको स्ट्रेच बनाउँदै आफ्नो हातले खुट्टाको पैताला छुने। १५ देखि २० सेकेण्डसम्म यहि आसन बनाइ राख्नुपर्छ।

सेतुबंधासन
शरीरको लागि यो आसन निकै नै फाइदाजनक हुन्छ। सेतुबंधासन गर्नाले शरीरलाई पर्याप्त मात्रामा उर्जा मिल्ने गर्छ। यो आसन नियमित गर्नाले खराब पाचन प्रणालीमा पनि सुधार आउँछ। यो आसन जो कसैले पनि सजिलै गर्न सक्ने सरल आसन मध्येको एक हो। 

नौकासन
शरीरमा स्टामिना बढाउनको लागि गरिने आसन मध्य यो सरल श्रेणीमा पर्दछ। नौकासनले शरीरमा स्ट्रेमिना बढाउनुका साथै शरीरको वजन पनि घटाउन मद्दत गर्छ। यो अभ्यास आफ्नो क्षमता अनुसार गर्नुपर्छ।  

-अमरउजालाबाट

प्रकाशित: Oct 13, 2023| 06:01 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्