दाङको तुलसीपुरस्थित बखरियामा बस दुर्घटना हुँदा ३० जना यात्रु घाइते भएका छन् ।
दंगीशरणको गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना १ ख ४००९ नम्बरको यात्रुवाहक बस आज बिहान पौने ११ बजे बखरिया ओरालोमा पल्टिएर दुर्घटना भएको हो ।
ओरालोमा ब्रेकले काम नगरेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको छ ।