आइतबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पूर्व जिशिअ ज्ञानमणि नेपालसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्व जिशिअ ज्ञानमणि नेपालसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 |  आइतबार, जेठ २५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०८२

vianetvianet
National life insurance

काठमाडौं- जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसँगै तत्कालीन इन्जिनियर बृधन यादव र सब-इन्जिनियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य र तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठ, कृष्ण उच्च माध्यमिक विद्यालय टेम्माका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम राई र हरिनारायण राई साथै भवन निर्माण गर्ने व्यक्ति जयप्रसाद राईलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।

उनीहरूमाथि २५ लाख ५० हजार बिगो मागदाबी गरिएको छ। खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ कृष्णा उच्च माविको भनव निर्माणमा भ्रष्टाचर गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। ४ कोठे आरसीसी भवन बनाउन लागि जिल्ला शिक्षा कार्यालयले २४ लाख अनुदान र जनसहभागिताबाट २१ लाख १० हजार ८९२ रुपैयाँ गरी ४५ लाख १० हजार ८९२ रूपैयाँमा काम गर्ने गरी सम्झौता भएको थियो।

प्रकाशित: Jun 08, 2025| 14:36 आइतबार, जेठ २५, २०८२
प्रतिक्रिया दिनुहोस्