काठमाडौं- शनिबार बिहानसम्म भएका घटना तथा सूचनाहरको संगालो बिहानी बुलेटिन सार्वजनिक गर्ने गरेको छ। जसमा रातिभरी भएका गतिविधि र शनिबार प्रकाशित पत्रपत्रिकाका सामाग्रीहरु समावेश हुन्छन्।
सप्तरीमा बस दुर्घटना हुँदा एकै टोलका पाँच जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन्। को १ ख २७९९ नम्बरको तीर्थयात्री बोकेको बस सप्तरीको हनुमाननगरस्थित इनरुवामा दुर्घटना भएको हो।
मृत्यु हुनेहरूमा डाक्नेसोरी-५ की ७० वर्षीया बेचनी देवी यादव, ६० वर्षीया सिकिल देवी साह, दिनेश रजक, उनकी पत्नी र भुखानी देवी यादव रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएकाहरू ६ जनालार्इ उपचारका लागि जिल्लाबाट बाहिर रेफर गरिएको छ।
शनिबार प्रकाशित नयाँ पत्रिका दैनिकले सम्हालिन छाडे निर्मलाका बुबा यज्ञराज शिर्षकमा समाचार छापेको छ। छोरी निर्मला पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न माग गर्दै १३ दिनदेखि धर्नामा बस्दै आएका बुबा यज्ञराज सम्हालिन नसक्ने अवस्थामा पुगेका छन्। शारीरिक रूपमा कमजोर उनी मानसिक रूपमा पनि विक्षिप्त भएका छन्। केही दिनदेखि उनले अस्वाभाविक व्यवहार देखाउन थालेका छन्।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मूलगेटमा अनिश्चितकालीन धर्नामा रहेका यज्ञराज छिनछिनमै हाँस्ने, गाली गर्ने र रुने गर्न थालेका छन्। सरकार र प्रहरी प्रशासन मात्रै होइन, आफूसँगै धर्नामा बसेका अधिकारकर्मी र पत्रकारलाई पनि उनले गाली गर्छन्। भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टको नामै लिएर गाली गरेका छन्। उनको मानसिक स्वास्थ्यमा समस्या आएको भन्दै अधिकारकर्मीहरूले चिन्ता जनाएका छन्।
वाइड बडी प्रकरण : कंसाकारको हल्का जवाफ शिर्षकमा शनिबारको अन्नपूर्ण दैनिकमा समाचार छ। ‘धेरैले मलाई अलि कडा रफ्र्यांक्लीबोल्छ भन्छन्। हजुरहरू नरिसाउने हो भने मफ्र्यांक्लीबोलूँ माननीयज्यू? ’ नेपाल वायु सेवा निगमका प्रबन्धनिर्देशक सुगतरत्न कंसाकारले सोधे। उनी संसदीय समितिमा वाइड बडी प्रकरणबारेको छलफलमा उपस्थित भएका थिए। ‘अहिले धेरै आएको शब्द हो, ट्रान्सपरेन्सी। म हजुरलाई सोध्छु यो पारदर्शिताको व्याख्या के हो ? मेरो सबै डकुमेन्ट असन बजारमा बाँडिदिने भन्या हो कि के हो ? ’
त्यसैगरी कान्तिपुर दैनिकले चार महिनामा तीन प्रदेशमा शून्य खर्च, केन्द्रमा ८ प्रतिशत शिर्षकमा समाचार छापेको छ। आर्थिक वर्षक ०७५/०७६ को पहिलो चौमासिकको खर्च विवरण सार्वजनिक हुँदासम्म केवल आठ प्रतिशत मात्र खर्च भएको छ। यसवर्ष पनि असारे विकास दोहोरिने लगभग पक्का भएको छ।
उमाको उमंग, बधार्इ थाप्न भ्याइनभ्याइ शिर्षकमा समाचार छापेको छ। बीबिसले सार्वजनिक गरेको विश्वक प्रभाशाली र प्रेरणादायी महिलाको सूचीमा टप टेनमा परेकी सुदूरपश्चिम प्रदेशसभा सदस्य उमादेवीलार्इ अहिले बधार्इ थाप्न भ्याइनभ्याइ छ। उनले एक फोन राख्न नपाउँदै अर्को फोन आउने गरेको छ। सामान्य कखरा मात्रै सिकेकी उमादेवीलार्इ सञ्चार्मीदेखी उनका शुभचिन्तकले घेरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४