शनिबार, साउन ९, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आज मंसिर ७ गते शुक्रबार के-के भए। अब थाहापाउनुस्, नेपाल समय दिनभरी।

डडेलधुरा दुर्घटनाको कारण : बढी यात्रु, तीव्र गति                       

उग्रतारा मेला हेरेर फर्किने क्रममा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्‍या १८ पुगेको छ। बस बढी यात्रु बोकेर तीव्र गतिमा गुडेका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

बीपीलाई समाएपछि कर्णेलले सोधे, तिमी को हौं ?

पुस महिना । काठमाडौंको तापक्रम निरन्तर ओरालो झरिरहेको थियो। २००५ सालको कुरा हो, कालो चस्मा लगाएका बिपीलाई हिजो देख्यौं, आज देख्यौं भन्ने रिपोर्ट प्रधानमन्त्री मोहन शमशेरसम्म पुगिरहेका थिए। 

प्रहरीका हाकिमलाई हाईब्लड प्रेसर

एकजना प्रहरी उच्च अधिकारी कामको सिलसिलामा वित्तीय संस्थामा पुग्छन्। त्यहाँ केहीबेर पालो कुर्नुपर्ने हुन्छ । आफू पालोमा बसेर उनी आफ्ना सहायकलाई नजिकैको औषधि पसलबाट तुरुन्त रक्तचापको औषधि ल्याउन लगाउँछन्। 

१० वर्षपछि खुले पूर्वराजाका गोप्य भेटघाट गर्ने कोठा

पूर्वराजा ज्ञानेन्द्र र स्वर्गीय राजा वीरेन्द्रले राजनीतिक र कूटनीतिक भेटघाटका लागि निजी कार्यालयका रुपमा प्रयोग गर्दै आएको नारायणहिटी संग्रहालयभित्रका गणेश हिमालतर्फका ९ वटा कक्ष खुलेका छन् । पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको उपस्थितिमा शुक्रबार ती कक्षहरू खुला गरिएको हो।

कानुनमन्त्रीले कुरा फेरे, ‘योगीले रेल उद्घाटन गर्ने कुरा हावा हो’

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रामजानकी विवाह पञ्चमीको अवसर पारेर जनकपुर-जयनगर रेल खण्डको उद्घाटन गर्ने प्रकरण अहिले चर्चामा छ।

पढाउन छाडेर शिक्षकहरू धर्नामा

प्रदेश २ का सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले कक्षाकोठा छाडेर सामाजिक विकास मन्त्रालय घेराउ गरेका छन्। नेपाल शिक्षक महासंघको आह्वानमा शुक्रबार प्रदेशका शिक्षकहरूले मन्त्रालय घेराउ गरेका हुन्।

प्रदेश २ : करार कर्मचारी भर्नामा ४५ प्रतिशत आरक्षण

संघीय सरकारले आवश्यक कर्मचारी नपठाएर असहयोग गरिरहेको बताउँदै आइरहेको प्रदेश २ सरकारले करारमा कर्मचारी भर्ना गर्न बनेको विधेयक ल्याउने तयारी गरेको छ।

सांसद नै भन्छन्, ‘जनता सामु झुटो बोल्ने अवस्था आइसक्यो’

लोकतान्त्रिक प्रक्रियामा प्रतिपक्षी दलले सरकारको विरोध र आलोचना गर्नु सामान्य मानिन्छ। सरकारको गलत निर्णय तथा कार्यशैलीप्रति प्रतिपक्षी दलले प्रश्न उठाउनु र विरोध गर्नु लोकतान्त्रिक प्रणालीको गहना नै हो।

वैदेशिक रोजगारीबाट फर्केकालाई दश लाख दिइने

वैदेशिक रोजगारीबाट फर्की स्वदेशमै स्वरोजगार हुन इच्छुक व्यक्तिले सरकारले ऋण दिने भएको छ।

भारतले बेच्यो नेपालको खोला

राजधानीबाट शुक्रबार प्रकाशित दैनिक पत्रिकाले डडेलधुरामा भएको दुर्घटना, गाईगोरुको जन्मदर्ता गराउन एप सार्वजनिक, अस्पतालले कोमाका बिरामीलाई  सुटुक्क ल्याउन थालेकोलगायतका समाचारलाई प्राथमिकताका साथ छापेका छन् । 

आहा गैडहवा ताल !

गैडहवा तालको नाम कमैले सुनेका होलान्। सुनून् र पनि कसरी ?सरकारले हालै मात्रै एक सय नयाँ पर्यटकीय गन्तव्यको छनोट गरेर सार्वजनिक गर्‍यो।

वाइड बडीमा संसदीय समितिले छानबिन थाल्ने !

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरिद सम्बन्धमा छुट्टै उपसमिति गठन गर्न माग गरिएको छ । समितिको शुक्रबार बसेको बैठकमा सांसदहरूले उपसमिति गठन गरी छानबिन गर्नुपर्नमा जोड दिएका हुन्।

सुर्खेतका दर्पणले बनाए ‘बग्गी कार’

सुर्खेतका एक युवाले कार बनाएका छन् । पश्चिमको पञ्चपुरी नगरपालिका–९ विद्यापुरका दर्पण खरालले मोटरसाइकलको इन्जिन प्रयोग गरी कार बनाएका हुन् ।

प्रेमकथामा आधारित ‘ड्रिम गर्ल’ आजबाट

आजबाट देशभरका हलमा प्रेम कथामा आधारित चलचित्र ‘ड्रिम गर्ल’ रिलिज हुने भएको छ। ऋषिराज आचार्यद्वारा निर्देशित फिल्म ‘ड्रिम गर्ल’ प्रेम कथामा आधारित चलचित्र हो। 

‘बीपी युग प्रबर्द्धक हुन्’

नेपाली राजनीतिका शिखर पुरुष बिश्वेश्वर प्रसाद कोइरालाको राजनीतिक विद्रोहलाई समेटेर पत्रकार जगत नेपालले लेखेको पुस्तक बीपी विद्रोहको लोकार्पण भएको छ।

‘ए’ डिभिजन लिग : पुलिसविरुद्ध आर्मीको संघर्षपूर्ण जित

पल्सर सहिद स्मारक ‘ए’ डिaभिजन लिग अन्तर्गत तेस्रो चरणको खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। 

नेयमार किन बार्सिलोना फर्किन चाहन्छन ? 

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा ब्राजित तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का स्टार खेलाडी नेयमार बार्सिलोना फर्किने चर्चा चलेको छ। फ्रान्स पुगेपछि उनी खुसी हुन नसकेको र ठूला सफलता हात पार्न नसकेपछि उनले पुनः बार्सिलोना फर्किन चाहेको खबर सार्वजनिक भएको छ। 




 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।