शनिबार, साउन ९, २०८३

प्रदेश २ : करार कर्मचारी भर्नामा ४५ प्रतिशत आरक्षण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- संघीय सरकारले आवश्यक कर्मचारी नपठाएर असहयोग गरिरहेको बताउँदै आइरहेको प्रदेश २ सरकारले करारमा कर्मचारी भर्ना गर्न बनेको विधेयक ल्याउने तयारी गरेको छ। कर्मचारी अभावमा प्रदेशको कामकाज सञ्चालनमा समस्या आइरहेको भन्दै प्रदेश सरकारले करारमा कर्मचारी भर्ना गर्न विधेयक ल्याउन लागेको हो।

शुक्रबार बसेको प्रदेशसभा बैठकमा सार्वजनिक प्रशासनसम्बन्धी अध्ययनगर्न बनेको विशेष समितिले आफ्नो प्रतिवदेन पेश गरेको छ। समितिका सभापति तथा राजपा सांसद परमेश्वर साहले समितिको प्रतिवेदन पेश गरेका हुन्।

सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ नाम दिइएको विधेयकमा ४५ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ।

करारमा कर्मचारी भर्ना गर्दा ४५ प्रतिशतलाई शतप्रतिशत मानी मधेशीलाई ५४.३६, दलितलाई १७.२९, मुस्लिमलाई ११.५८, आदिवासी जनजातीलाई ६.६१, थारुलाई ५.२७ र आर्थिक रुपले विपन्न खस आर्यलाई ४.८९ प्रतिशत आरक्षण दिने व्यवस्था गरिएको छ।

यसका साथै रिक्त सम्पूर्ण समूहमा पचास प्रतिशत सम्बन्धित समूहका महिलाका लागि आरक्षण् दिइने विधेयकमा उल्लेख छ। कर्मचारी भर्ना समितिले सिफारिस गर्ने क्रममा शहिद परिवारका सदस्यलाई प्राथमिकता दिने व्यवस्था गर्न सकिने विधेयकमा भनिएको छ।

करारमा भर्ना गरिएका कर्मचारीहरुले संघीय निजामति सेवाका समान तहका कर्मचारीले पाए सरहको तलब, भत्ता, चाडपर्व खर्च, लुगा भत्तालगायतका सुविधा पाउने छन्। तर निवृत्तिभरण, उपदान, शैक्षिक वृत्ति, अशक्तवृत्ति जस्ता दीर्घकालीन प्रभाव पर्ने खालका सुविधा करार  कर्मचारीहरुले पाउने छैनन्।

यसैगरी शुक्रबारकै बैठकमा प्रदेश सरकारले प्रादेशिक विद्युतसम्बन्धी विधेयक समेत पेश गरेको छ। प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले प्रादेशिक विद्युतसम्बन्धी विधेयक सदनको बैठकमा पेश गरेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।