बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

डा. ओममूर्ति अनिलको चेतावनी- धेरै गुलियोले मुटुरोगको जोखिम बढ्छ

 |  मंगलबार, असोज २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २३, २०८०

अधिक मात्रामा गुलियो खानाले मुटु रोगको जोखिम बढ्छ। धेरै गुलियो खाँदा यसले धेरैतिर हानि पुर्याउँछ। अनुसन्धानले के देखाएको छ भने धेरै गुलियो खानाले खासगरी मुटु रोगको जोखिम बढाउँछ। गुलियो खानु नै हुँदैन भन्नेचाहिँ होइन। प्राकृतिक रुपमा खानेकुराहरुबाट प्राप्त हुने गुलियो स्वास्थ्यको लागि हानिकारक हुँदैन।

triton college

गुलियो दुई प्रकारको हुन्छ। एउटा प्राकृतिक गुलियो जस्तो– मह, फलफूलको गुलियो, सक्खर आदि। प्राकृतिक गुलियोले हामीलाई हानि गर्दैन। तर, कृत्रिम गुलियो जस्तो चिनी र चिनी हालेको खानेकुरा धेरै खाँदा मुटु रोगको जोखिम हुन्छ। चिसो पेय पदार्थ, मिठाई, चिनी हालेको चियाले शरीररलाई फाइदा गर्दैन। यद्यपि चिनीको मात्राले पनि यो कुरा निर्धारण गर्छ।

अत्यधिक गुलियोले थकान महशुस हुन्छ। यसको कारण भनेको शरीरमा ब्लड सुगरको मात्रा बढ्नु हो। मिठाई र गुलिया खानेकुराले जति हामीलाई कमजोर बनाउँदै जान्छ, यसप्रति आशक्ति पनि त्यत्तिकै मात्रामा बढ्ने हुन्छ।

सुगर भनेको एउटा कुलत नै हो। निरन्तर अत्यधिक गुलियो सेवन गर्नुको अर्को हानि भनेको सुगरको कुलत अर्थात् गुलियो खाने बानी लाग्नु हो। जति बढी चिनी खाइन्छ, त्यति अझै खाने चाहना बढ्छ। निरन्तर गुलियो परिकार खाँदा शरीर र दिमाग लठ्ठ हुन्छ।

अत्यधिक गुलियोले छालामा पनि गम्भिर अशर गर्छ। निश्चय नै मानिसको छाला शरीरको ऐना हो, जसले शरीरभित्र के भइरहेको छ भन्ने दर्शाउँछ। चिनीले शरीरभित्र देखाउने हानिको असर बाहिरी छालामा पनि प्रष्ट देखिन्छ। बढी गुलियो खाँदा छाला सुख्खा हुन्छ।

Metro Mart
vianet

बढी गुलियो खानेकुरा खाँदा मुड बिग्रिने र चिन्तित हुने पनि हुन्छ। गुलियोले मानिसलाई बढी आक्रामक र आवेगात्मक बनाउँछ। डिप्रेसन र चिन्ताको अतिरिक्त गुलियोले आँखालाई पनि धमिलो बनाउँछ।

गुलियोले रोग प्रतिरोधात्मक प्रणालीलाई दबाइदिन्छ र दीर्घ रोगको सम्भावना बढाउँछ। यदि तपाईंलाई बारम्बार रुघा लागेको छ भने चिनी वा गुलियोको परिमाण बढी भएको हुनुपर्छ। गुलियो खाएपछि धेरैलाई खोकी लाग्ने र रुघाले सताउने गर्छ।

अत्यधिक गुलियोले तौल पनि बढ्छ। सुगर र परिष्कृत कार्बोहाइड्रेडले शरीरको तौल ह्वात्तै बढाउँछ। तौल घटाउन न्यून फ्याटयुक्त डाइट खानुभएको छ तर गुलियो र अन्य कार्बोहाइड्रेड खान रोक्नुभएको छैन भने तौल घट्दैन, बरु बढ्छ।

-डा. अनिल नेशनल कार्डियाक सेन्टर बसुन्धराका मुटुरोग विशेषज्ञ हुन्।

 

प्रकाशित: Oct 10, 2023| 18:19 मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कानुन बने चल्छ मोटरबोट व्यवसाय

कानुन बने चल्छ मोटरबोट व्यवसाय

पर्यटन क्षेत्रलाई चलायमान बनाउन र आर्थिक गतिविधि बढाउनका लागि महत्वपूर्ण भूमिका खेलेको मोटरबोट व्यवसाय भने आफैँ कानुनको पर्खाइमा छ। स्पष्ट कानुन नहुँदा यसको दर्तादेखि सञ्चालन...
भूगर्भमै सीमित बागलुङका तामाखानी

भूगर्भमै सीमित बागलुङका तामाखानी

दशकौं अगाडि त्यस क्षेत्रका स्थानीय तामाखानीबाटै आत्मनिर्भर भए पनि अहिले पूर्णरुपमा खानी बन्द छन्।