बिहीबार, असोज २, २०८२

कोलेस्ट्रोल घटाउन डा. ओममूर्ति अनिलको सामान्य फर्मूला

 |  शनिबार, असोज २०, २०८०
machha bankmachha bank

नेपाल समय

नेपाल समय

शनिबार, असोज २०, २०८०

vianetvianet

कोलेस्ट्रोललाई खानाबाट नै घटाउन सकिन्छ। खानासम्बन्धी सामान्य एउटा फर्मुला अपनाए कोलेस्ट्रोल घटाउन सहजै सकिन्छ। कोलेस्ट्रोल बढाउने जुन खानेकुरा हुन्छ त्यो जनावरबाट प्राप्त हुन्छ। जुन खानेकुरा वनस्पतिबाट प्राप्त हुन्छ, त्यसले कोलेस्ट्रोललाई बढाउँदैन। यो ९० प्रतिशतभन्दा बढी खानेकुरामा लागु गर्न सकिन्छ। तर यसका केही अपवादहरु पनि छन्।

Kumaribank

दूध जनावरबाट आउँछ भनेपछि यसले कोलेस्ट्रोल बढ्ने भयो। घ्यु, मासुले पनि कोलेस्ट्रोल बढाउने भयो। खाने तेल वनस्पतिबाट आउँछ जसले कोलेस्ट्रोल बढाउँदैन। अण्डाको सेतो भागले कोलेस्ट्रोल बढाउँदैन। यसैगरी माछालाई फ्राइ नगरी उसिनेर खानुभयो भने यसले कोलेस्टोल बढाउँदैन।

तर केही शाकाहारी र वनस्पतिबाट बनेको कुराले पनि कोलेस्ट्रोल बढाउँछ। जस्तै- खाने तेलमा पाम ओइल, कोकोनट ओइलले कोलेस्ट्रोल बढाउँछ किनभने यसमा सेचुरेटेड फ्याट बढी हुन्छ। तेललाई भुटेर खाँदा यसले ब्याड कोलेस्ट्रोल बढाउँछ।

समग्र रुपमा दैनिक रुपमा जनावरबाट प्राप्त हुने खानेकुरालाई कम गरियो र वनस्पतिबाट आउने खानेकुरामा जोड दिइयो भने कोलेस्ट्रोललाई धेरै हदसम्म घटाउन सकिन्छ ।

- डा. अनिल नेशनल कार्डियाक सेन्टर बसुन्धराका मुटुरोग विशेषज्ञ हुन्।

Metro Mart

 

प्रकाशित: Oct 07, 2023| 06:34 शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्