शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १७ वर्षिय दिपेन्द्रको ११३ थरीको स्वरले मणिग्राममा ताँती

१७ वर्षिय दिपेन्द्रको ११३ थरीको स्वरले मणिग्राममा ताँती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
मणिग्राम- कैलाली सुखडका १७ वर्षिय दिपेन्द्र ओलीले शुक्रबार सांझ ५ तिर मणिग्रामस्थित तिलोत्तमा सन्चालित औद्योगिक व्यापार मेला, कृर्षि तथा पर्यटन महोत्सव २०७५ मा  का.. का.. का...गरेर जब स्टेज तताए तब आकाशतिर कागहरुको ताँति र दर्शकदिर्घामा मान्छेहरुको ताँति लाग्यो।

उनले स्वर ननिकाल्दा सम्म दर्शक दिर्घामा पातलो उपस्थिति रहेको थियो। सानो सानो कलिलो उमेरको मान्छेले मान्छेहरु तानेको देख्दा आफुलाई पनि अचम्म लागेको दर्शक दिर्घामा भेटिएका रामचन्द्र रेग्मीले बताए। उनले भने, ‘केहीबेर अगाडी सम्म मान्छे नै थिएनन्। दिपेन्द्रले अनेक थरी आवज निकालेसंगै आकाशमा काग , यता मान्छेको भीड बढ्यो।'

उनले कागको स्वर निकाल्दैं गर्दा टाढा टाढाबाट कागहरु उडेर स्टेचतिर ताति लागेर आईरहेको दृश्य रोमान्चक देखिन्थ्यो।


ओलीले कागको स्वरसंगै नेपाली पन्चे बाजा, सनही र टेम्पोको स्वर घाटीबाट निकाल्दा दर्शक दिर्घामा बसेका बुढा आमा बुबाहरु उत्साहित हुदैं हेर्दै गरेका देखिन्थे। ओलीले मायकबाट बाजा बजाउनेहरु नपाउँदा आफूलाई बोलाउनु पन्चेबाजाको टोली लिएर म आउँछु भन्दै थरी थरीका स्वर निकालेको देख्दा सबै आश्चर्य चकित भएका थिए।

उमेरले भर्खर किशोर अवस्थामा पुगेका उनी राष्ट्रिय कलेज सुखड कैलालीको १२ कक्षामा अध्ययनरत छन्। उनले ३ वर्षदेखी राष्ट्रिय स्तरको कार्यक्रममा आफ्नो कला प्रस्तुति गर्दै आएका छन्।

ओलीसंगै कलाकार कृष्ण समिप सुवेदी, रिता केसी, खेम सेन्चुरीले आ आफ्नो गायन प्रस्तुत गरेका थिए। यसैगरी रुविना अधिकारीले नृत्य प्रस्तुत गरेको सास्कृतिक कार्यक्रम सहसंयोजक बाबुराम खनालले जानकारी गराए।

महोत्सवमा थारुहरुको होम स्टेमा पनि मान्छेहरुको घुइँचो लागेको छ। उक्त होम स्टेमा थारु समुदायका परिकार र थारु सास्कृर्तिक प्रस्तुति आकर्षण भएकोले आफु पनि धेरै पटक कार्यक्रम हेर्न पुगेको महोत्सवका मूल आयोजक समितीका संयोजक समेत रहेका तिलोत्तमा नगरका स्थानियबासी सत्यब्रत ज्ञवालीले जनाए।

महोत्सवमा राखिएका स्टलहरुमा शुक्रबार पहिलो दिन सन्तोषजनक व्यापार भएको देखिएको छ। महोत्सवमा गुल्मीको सुन्ताला देखी, मगर महिलाहरुले बनाएको कोदोको सेल रोटीले राम्रै बजार लिएको छ। महोत्सव परिसरमा रहेको रेसुंगा, रीडि कालिगण्डकी र रुरु नमूना प्रदर्शनमा सेल्फी खिच्नेको भीड बढेको छ।

यसैगरी कृर्षीको पेभिलियन, फुटसल, रानीमहलको पेभिलियन भित्र लुम्बिनीको वृत्तचित्र प्रदर्शन र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको सचित्र अवलोकन, बाउन्नकोटी र बनबाटिकाको वृत्तचित्र प्रदर्शन मुख्य आर्कषक रहेको महोत्सव मुल आयोजक समितीको सचिवालय संयोजक अनिल कुमार ज्ञवालीले जनाए।

यसैबीच तिलोत्तमा डान्स आइडलको टप टेन पनि छनौट भएको छ। डान्स आईडलका संयोजक लोकेन्द्र शाहका अनुसार महिमा ज्ञवली, क्रितिमा गौतम क्षेत्री, समिक्षा राना, कविता कुवंर, श्रीया भण्डारी, सोनिया थापा, सागर खत्री, सतिश चौधरी, मनिसा क्षेत्री र आरती थापा चयन भएका छन्।

साँस्कृतिक कार्यक्रम संयोजक प्रेम बहादुर घर्तिका अनुसार शनिबार आधुनिक गायक कमल खत्री, लोकदोहरी गायक नविन पौडेल, गायिका भुमिका गिरी, डान्सर सुमी घर्ति, हास्य कलाकार दिनेश काफ्ले लगायतको प्रस्तुति रहेको छ।

महोत्सवको पहिलो दिन ६० लाखको कारोबार भएको र ७ हजार दर्शकले महोत्सव अवलोकन गरेको तिलोत्तमा व्यापार संघका अध्यक्ष झविन्द्र प्रसाद कडेलले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।