शनिबार, साउन ९, २०८३

नेयमार किन बार्सिलोना फर्किन चाहन्छन ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- अन्तर्राष्ट्रिय सञ्चार माध्यममा ब्राजित तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का स्टार खेलाडी नेयमार बार्सिलोना फर्किने चर्चा चलेको छ । 

फ्रान्स पुगेपछि उनी खुसी हुन नसकेको र ठूला सफलता हात पार्न नसकेपछि उनले पुनः बार्सिलोना फर्किन चाहेको खबर सार्वजनिक भएको छ । यतिबेला उनीमाथि बार्सिलोनाले पनि इच्छा देखाएको बताइएको छ । 

एक अन्तर्वार्तामा सेगुराले नेयमारले चाहे उनका लागि बार्सिलोनाको ढोका खुला रहने बताएपछि नेयमार पुनः बार्सिलोना फर्किने चर्चाले  बजार तताएको थियो । तर, यसका लागि बार्सिलोना स्वयंले नेयमार फिर्ता ल्याउन अफर गर्न नसक्ने सेगुराले बताएका छन् । 

नेयमारका लागि पिएसजीले रिलिज क्लज नराखेकाले नेयमार आफैंले पिएसजी छाड्ने निर्णय लिनुपर्ने र त्यो अवस्थामा बार्सिलोनाले ढोका खुला राख्ने बताएको मिडिया रिपोर्टमा उल्लेख छ । 

रिपोर्टमा यो पनि दाबी गरिएको छ कि, नेयमार पनि बार्सिलोना फर्किन इच्छुक छन् । अहिले नेयमारलाई क्याम्प नोउ फर्काउन बार्सिलोना नेयमार र उनका प्रतिनिधिसँग गोप्य सम्पर्कमा रहेको दाबी गरिएको छ ।

उनी गत बर्ष विश्वकीर्तिमानी २ सय २२ मिलियन युरोमा बार्सिलोना छोडेर पिएसजी पुगेका थिए । स्पेनिस पत्रिकामा प्रकाशित रिपोर्टअनुसार आगामी समर सिजनमा नेयमार बार्सिलोना फर्किने सम्भावनाको ढोका खुला भएको बताइएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।