शनिबार, साउन ९, २०८३

वैदेशिक रोजगारीबाट फर्केकालाई दश लाख दिइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- वैदेशिक रोजगारीबाट फर्की स्वदेशमै स्वरोजगार हुन इच्छुक व्यक्तिले सरकारले ऋण दिने भएको छ।

वैदेशिक रोजगारीको क्रममा विशेष ज्ञान, सीप र दक्षता आर्जन गरेर नेपाल फर्की स्वदेशमै पेशा व्यवसाय-उद्यम गर्न इच्छुक व्यक्तिहरुका लागि चालु आव ०७५-७६ मा दश लाख रुपैयाँसम्मको सरल कर्जा प्रदान गर्ने भएको हो।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डकोअनुसार नेपाल सरकारको नीति तथा कार्यक्रम हुँदा त्यस्ता इच्छुक व्यक्तिले तोकिएको ढाँचामा फारम भरी ०७५ मसान्तभित्र बोर्डको सचिवालयमा आईपुग्ने गरी निवेदन पेश गरी सूचीकरण हुन अवहान गरेको छ।
 
निवेदन फारम बोर्ड सचिवालयको वेवसाइटबाट डाउनलोड गर्न सकिने जानकारी गराइएको छ। साथै निवेदन सचिवालयको ईमेल ठेगानाबाट समेत पेश गर्न सकिने बोर्डको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्