शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘ए’ डिभिजन लिग : पुलिसविरुद्ध आर्मीको संघर्षपूर्ण जित

‘ए’ डिभिजन लिग : पुलिसविरुद्ध आर्मीको संघर्षपूर्ण जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिaभिजन लिग अन्तर्गत तेस्रो चरणको खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबले अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले पुलिसलाई १-० को झिनो अन्तरले पराजित गरेको हो । आर्मीले खेलमा एक मात्र गोल पहिलो हाफमा गरेको थियो । 

आर्मीको जितका लागि खेलको एकमात्र निर्णायक गोल टेक बहादुर बुढाथोकीले गरेका थिए । नेपाल आर्मीको शान्ति मिसनबाट भर्खरै फर्किएका बुढाथोकीले एकमात्र निर्णायक गोल गरेका हुन् ।

उनले पहिलो हाफको ३० औं मिनेटमा टंक बस्नेतको पास गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । दुई विभागिय टोली आर्मी र पुलिसको खेल निकै नै प्रतिस्पर्धात्मक भएको थियो । 

दोस्रो हाफमा पुलिस खेलमा फर्कने कोसिस गरेपनि सफल भएनन् । पुलिसको केहि उत्कृष्ट आक्रमण आर्मीका किपर र डिफेन्सले बचाऊ गरेका थिए । दोस्रो हाफमा पुलिसका कप्तान सन्तोस लामाको उत्कृष्ट हेड प्रहार आर्मीका डिफेन्डरले गोललाइनबाट बचाएका थिए ।

लिगमा आर्मीको यो दोस्रो जित हो । पहिलो खेलमा एनआरटीसँग २-२ को बराबरी खेलेको आर्मीले दोस्रो खेलमा च्यासललाई १-० ले हराएको थियो । यता पुलिसले भने पहिलो खेलमा जावलाखेललाई १-० ले हराएपनि दोस्रो खेलमा मछिन्द्रविरुद्ध गोलारहित बराबरी खेलेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।