शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भूकम्पले पानीको मुहान सुकेपछि गाउँ नै छाड्नुपर्ने बाध्यता

भूकम्पले पानीको मुहान सुकेपछि गाउँ नै छाड्नुपर्ने बाध्यता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- भूकम्पपछि पानीको मुहान सुक्न थालेपछि राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरि नगरपालिका–१ का स्थानीयवासी बसाइँ सर्न थालेका छन् । 

साविकको दहचोक गाविस– ५ मा पानीका तीनवटा मुहान सुकेको स्थानीयवासी टीकाराम शर्माले बताए । इन्द्रजात्राका समयमा भव्य मेला लाग्ने पुरातात्विक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण इन्द्रदहमा तीन वर्षदेखि ट्याङ्करको पानी हालेर मेला सञ्चालन गर्ने गरिएको छ । 

गाउँमा पानीको मुहान सुकेपछि नगरपालिका–१ बाट वडा नं –३ मा घर बनाएको शर्माले बताए । भूकम्पले भत्किएको घर बनाउन लाभग्राही सूचीमा सूचीकृत उनले दुई किस्ता पाए पनि तेस्रो किस्ता रोकिएको गुनासो गरे । पानीको समस्याका कारण अर्को स्थानमा घर बनाउँदा दोस्रो किस्ता पाए पनि इञ्जिनीयरले तेस्रो किस्ता रोकेको यहाँका लाभग्राहीको भनाइ छ । 

नगरपालिका–१ का अध्यक्ष राजेन्द्र केसीले पानीको मुहान सुकेकाले २०० घर तल सरेको बताए । इन्द्रदहमा पानी सुकेपछि हाल पोखरी रित्तिएको छ । इन्द्रजात्रामा ट्याङ्करले थोरै पानी हाले पनि अप्ठ्यारो सडक र भौगोलिक अवस्थाका कारण निरन्तर हाल्न नसकिएको उनले बताए । 

विसं २०७२ वैशाख १२ गतेपछि सुकेको पानी गत साउन अन्तिम साता थोरै पलाए पनि पर्याप्त नभएको वडा कार्यालयले जनाएको छ । खानेपानीकै अभाव भएपछि स्थानीय अन्यत्र बसाइँ सर्न बाध्य भएका हुन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।