बुधबार, असोज २८, २०८३

छ करोड लागतमा नृसिंह विद्यालय भवन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगन्ज-महानगरको उतरपूर्वमा अवस्थित पिपरास्थित नृसिंह माद्ममीक विद्यालय भवन परिसरमा ६ करोड रूपैयाँ लागतमा नयाँ भवन निर्माण गर्न लागिएको छ । ३कठ्ठा १० धुर क्षेत्रफल जग्गामा तीन तल्ले पक्की भवन निर्माण गर्न लागिएको हो ।

नगर प्रमुख विजय कुमार सरावगीले बिहीबार भवनको शिलान्याश गरेका छन् । क्षेत्रिय शहरी विकास परियोजना अन्तर्गत निर्माण गर्न लागिएको विद्यालय भवनमा ३० वटा सुविधा सम्पन्न कक्षा कोठा निर्माण गरिने परियोजनका प्रमुख इन्जिनियर शैलेन्द्र श्रेष्ठले बताए ।

एशियाली विकास बैंक, नेपाल सरकार र वीरगंज महानगरपालिकाको संयुक्त अनुदानमा निर्माणाधीन भवनको निर्माण कार्यको ठेक्का जेटिएसजे र कालिका निर्माण कम्पनीले संयुक्तरूपमा पाएका छन् ।

विद्यालय भवन सेवा सुविधाको दृष्टीकोणले पर्सा जिल्लाकै नमुना विद्यालयको रुपमा निर्माण हुने नगर प्रमुख सरावगीले जानकारी दिए। नयाँ भवनमा कक्षाकोठा,पुस्कालय ,कम्प्युटर तथा विज्ञान प्रयोगशाला लगायतका सबै अत्याधुनिक कक्षाहरु संचालन गर्न सक्ने  व्यवस्था गरिएको नगर प्रमुख सरावगीले बताए ।

विद्यालय भवन निर्माण भइसकेपछि दशकौंदेखि अधुरो रहेको सेकेन्ड इनर बाइपास सडकलाई पूर्णता दिन सकिने र विद्यालय समेत व्यवस्थित हुनेभएकोले नृसिंह उच्च मावि व्यवस्थापन समिति अध्यक्ष रामनारायण कुर्मिले बताए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्