एजेन्सी- रुस विशवकप पछिको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता युरो कप-२०२० को चर्चा सुरु भएको छ । अबको २ वर्षपछि हुने सो प्रतियोगिताका लागि आगामी मंसिर १६ गते आइतबार आयरल्यान्डको राजधानी डब्लिनमा छनौट खेलको ड्र सार्वजनिक हुँदैछ । यसअघि फ्रान्समा भएको युरो कपलाई यसपटक विशेष बनाइँदैछ ।
किनभने, यसपटक यो प्रतियोगिता युरोपका खेलहरू विभिन्न १२ देशका १२ वटै सहरमा हुँदैछन् । यसअघि प्रतियोगिता एकै सहरमा भएको थियो । यस प्रतियोगितामा युरोपका सबै देशले छनौट खेल खेल्न पाउँनेछन् । यसकारण पनि यो विशेष हुने भएकोछ ।
युरो कपमा यस प्रतियोगिताको प्रशासकीय निकाय युइएफका ५५ सदस्य राष्ट्रले छनौट खेल खेल्न पाउँनेछन् । जहाँ छनौट खेलका लागि विभिन्न १० समूह बनाइने छ । त्यसबाट १० समूहका शीर्ष दुई टोली अर्थात् विजेता र उपविजेता गरी २० टिम युरो कपका लागि छनौट हुनेछन् ।
त्यसपछि बाँकी ४ टिमलाई पनि प्ले अफ्बाट ल्यानेछ । अर्को व्यवस्था छ, युइएफए नेसन्स लिगमा समूह चरणका खेलमा शीर्षमा रहेका १६ वटा टिम यदि युरो कपको छनौटनिम्ति आफ्नो समूहको शीर्ष दुईमा पर्न सकेनन् भने उनीहरूलाई सोझै प्ले अफ्को मौका दिइनेछ ।
छनौट चरणमा बनाइने १० समूहमा ५ वटा समूहमा जम्मा ५ वटै टिमलाई राखिने छ । बाँकी ५ समूहमा भने ६ वटा टिम रहन्छन् । युरोपियन फुटबलको वरीयताका आधारमा छनोट तालिका बनाइने हुँदा कुन समूहमा ५ टिम रहने र कुनमा ६ टिम पर्छन् भन्ने कुरा ती देशको वरीयताले फरक पार्नेछ । त्यसक्रममा ७ पोटबाट ती देशलाई १० समूहमा विभाजन गरिनेछ । यसपटक युरो कप सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म आयोजना हुँदैछ ।
कुन पोटमा कुन-कुन देश छन् ?
युइएफए नेसन्स लिग ‘ए’ को सेमिफाइनल पुगेका चार टिम : पोर्चुगल, नेदरल्याड्स, स्वीट्जरल्यान्ड र इंग्ल्यान्ड ।
पोट- १ : बेल्जियम, फ्रान्स, स्पेन, इटाली, क्रोएसिया, पोल्यान्ड
पोट-२ : जर्मनी, आइसल्यान्ड, बोस्निया एन्ड हर्जगोभिना, युक्रेन, डेनमार्क, स्वीडेन, रसिया, अस्ट्रिया, वेल्स, चेक रिपब्लिक
पोट-३ : स्लोभाकिया, टर्की, रिपब्लिक अफ् आयरल्यान्ड, नर्थन आयरल्यान्ड, स्कटल्यान्ड, नर्वे, सर्बिया, फिनल्यान्ड, बुल्गेरिया, इजरायल
पोट-४ : हंगेरी, रोमानिया, ग्रीस, अल्बानिया, मोन्टेनेग्रो, साईप्रस, इस्टोनिया, स्लोभेनिया, लिथुवानिया, जर्जिया
पोट-५ : म्यासेडोनिया, कोसोभो, बेलारुस, लक्जेमबर्ग, अर्मा्निया, अजरबइजान, काजकिस्तान, मोल्डोभा, जिब्राल्टर, फारोए आइसल्यान्ड
पोट-६ : लाटभिया, लिचटेन्ट्सटाइन, अन्डोरा, माल्टा, सान मारिनो
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४