एजेन्सी- सेनेगलका तथा लिभरपुलका स्ट्राईकर साडियो मानेले क्लबसँग नयाँ सम्झौता गर्न सहमत भएका छन् । उनी क्लबसँग नयाँ सम्झौतमा हस्ताक्षर गर्न सहमती भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । एनफिल्डमा लामो समयको सम्झौता गर्न माने सहमत भएका हुन् ।
२६ बर्षका माने साउथह्याम्टनबाट पाँच बर्षको सम्झौता सहित सन् २०१६ मा लिभरपुल पुगेका थिए । लिभरपुलले माने भित्र्याउन साउथह्याम्टनबाट ३४ मिलियन पाउण्ड खर्चेको थियो । उनले लिभरपुलको जर्सीमा ८९ खेल खेलेका छन् ।
जहाँ ८९ खेल खेल्दै ४० गोल गरि सकेका छन् । ‘लिभरपुलसँग सम्झौतामा नविकरण गर्न पाउदाँ म निकै खुसी छु । यो मेरा लागि निकै ठुलो दिन हो । मैले करियरको निकै उत्कृष्ट निर्णय लिएको छु ।’ उनले भनेका छन् ।
उनी सन् २०२३ सम्म क्लबमा रहने गरि नयाँ सम्झौताको बिषयमा बताईएको थियो । सहमती अनुसार यही सम्झौतालाई अन्तिम रुप दिईएको छ । मानेले यो सिजनमात्र लिभरपुलबाट ७ गोल गरेका छन् ।
लिभरपुलका लागि डेब्यु सिजनमा मानेले प्लेयर अफ द ईयर र प्लेयर्स प्लेयर अफ द ईयरको उपाधि जितेका थिए । उनले सेनेगलबाट रुस विश्वकप खेलेका थिए । जसमा एक गोल समेत गरेका थिए । उनी भर्खरै वालेन डि ओरको अन्तिम ३० को खेलाडीको सुचिमा समेत परेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४