शनिबार, साउन ९, २०८३

‘ए’ डिभिजन लिग : दुई विभागिय टोली आज भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फाइल तस्बिर
 
काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (शुक्रबार) तीन खेल हुदैछ । पहलिो खेल बिहान ११ बजे हुँदै छ भने दोस्रो र तेस्रो खेल दिउँसो २:३० बजे हुने छ । 

बिहान ११ बजेको खेल सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छ भने पछिल्ला दुई खेलमा एक खेल एन्फ कम्प्लेक्स र अर्को खेल हलचोकस्थित एपीएफ क्लबको खेल मैदानमा हुने छ । 

शुक्रबारको पहिलो खेलमा ब्रिगेट ब्वाईज क्लब र विभागिय टोली एपीएफबीच प्रतिस्पर्धा हुदै छ । लिगका दुई खेल खेली सक्दासम्म जित विहिन रहेको ब्रिगेट ब्वाईज एपीएफसँगको खेलमा जित निकल्ने दाउमा मैदानमा प्रवेश गर्ने छ । 

यता एपीएफ भने लिगमा आफ्नो दोस्रो जितको खोजिमा हुने छ । एपीएफले दुई खेल खेली सक्दा एक खेलमा जित र एक खेल बाबरी खेल्दै लिगमा ४ अंक जोडेको छ । ब्रिगेट ब्वाईज भने अंक तालिकाको पुछारमा छ । 

दोस्रो खेल विभागीय डर्बीको हुनेछ । जहाँ त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगको तेस्रो चरणको अर्को निकै नै रोमाञ्चक खेलको रुपमा हेरिएको यो खेल एन्फा टेक्निकल सेन्टरमा दिउँसो साढे २ बजे सुरु हुनेछ । 

यि दुबै टोली दोस्रो जितको खोजमा मैदानमा एक अर्काबीच प्रतिस्पर्धा गर्ने छन् । दुई खेल खेलेका यि दुई टोलीले एक खेलमा जित र एक खेलमा बरिबरी खेल्दै समान ४ अंक जोडेका छन् ।
 
आजै हुने तेस्रो खेलमा मछिन्द्र क्लब र संकटा क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल हलचोक मैदानमा दिउँसो साढे २ बजे सुरु हुनेछ । पहिलो जितको खोजिमा रहेको मछिन्द्र लिगका दुई खेल जितेको संकटासँग अंक खोस्ने दाउमा रहेको छ । 

सुरुवाती दुई खेलमा बराबरी खेल्दै २ अंकका साथ अंक तालिकाको ९ स्थानमा रहेको मछिन्द्रलाई पराजित गर्दै संकटा सतप्रतिशत जित निकाल्ने दाउमा रहेको छ । संकटाली दुबै खेलमा जित निकाल्दै लिगको अंक तालिकाको तेस्रो स्थानमा छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।