मंगलबार, माघ ६, २०८२

केएल राहुलको सानदार कमब्याक, १२९ रन बनाएर आउट

इन्डिया र इंग्ल्यान्डबीच लर्डसमा जारी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत खेलको दोस्रो दिनको दोस्रो बलमै इन्डियन ओपनर केएल राहुल बाहिरिएका छन्।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं– इन्डिया र इंग्ल्यान्डबीच लर्डसमा जारी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत खेलको दोस्रो दिनको दोस्रो बलमै इन्डियन ओपनर केएल राहुल बाहिरिएका छन्।

National life

टेस्ट सिरिजअन्तर्गत पहिलो दिनको खेलमा सानदार प्रदर्शन गरेका राहुलले दोस्रो दिनको खेलमा भने दुई रन मात्र जोड्न सके।

यससँगै इन्डियाले २ सय ७८ रनमा चार विकेट गुमाएको छ। समग्रमा उनले सानदार प्रदर्शन गरेका छन्। पहिलो टेस्टमा इंग्ल्यान्डविरुद्ध इन्डियाले उत्कृष्ट प्रदर्शन गरे पनि खेल बराबरीमा रोकिएको थियो। अहिले इन्डियाका लागि दोस्रो टेस्टमा राहुलले १२९ रनको योगदान दिए।

उनले दोस्रोटेस्ट २५० बलमा १२ चौका र एक छक्कासहित १२९ रन बनाएका हुन्। उनीसँगै मैदान छिरेका रोहित शर्माले पनि सानदार प्रदर्शन गरेका छन्। उनले १ सय ४५ बलमा ८३ रन बनाए।

यी दुई खेलाडीले १२६ रनको साझेदारी गरेका थिए। त्यस्तै, १०३ बलसम्म मैदानमा टिकेका इन्डियन टिमका कप्तान विराट कोहलीले भने ४१ रन बनाएका छन्।

Laxmi sunrise bank
kumari

अहिले ऋषभ पन्त र रविन्द्र जाडेजा मैदानमा छन्। यता अजिंक्य रहाणे भने एक रन बनाउँदै आउट भए। इंग्ल्यान्डका जेम्स एन्डरसनले तीन र ओली रोबिन्सनले दुई विकेट लिएका छन्।

सिरिज सुरु हुनुअघि इन्डियाका कप्ताने कोहलीले सिरिज आफ्नो भाग्यमा नभएको बताएका थिए। उनले सिरिजभरी आफ्नो खेललाई गिर्न नदिनेमा प्रतिबद्ध रहने बताएका थिए। तर, राहुलको सतकले इन्डियाको टिमले आशा गरिएको भन्दा राम्रो प्रदर्शन गरेको छ।

केएल राहुलको कमब्याक र रेकर्ड

इन्डियन टिमको ओपनर राहुललाई २०१९ मा टिम इन्डियाबाट बाहिर राखिएको थियो। तर, इंग्ल्यान्डविरुद्ध १२९ रन बनाएर उनले सानदार कमब्याक गरेका छन्।

त्यसो त दुई वर्षपछि पनि मयंक अग्रवाल चोटग्रस्त बनेपछि मात्र राहुलले अवसर पाएका थिए। यसबीच पहिले उनको युक्तिमाथि प्रश्न गरिँदै आइएको थियो।

लर्डस मैदानमा उनको सतकसँगै उनको आलोचक भने चुप लाग्न बाध्य भएका छन्। कोहलीका अनुसार इन्डियाको मुस्किल अवस्थामा राहुलले सानदार प्रदर्शन गरेका छन्।

उनले अहिले आफ्नो टेस्ट केरियरको छैटौं सतक लगाए। उनी लर्डसमा सतक हान्ने तेस्रो इन्डियन क्रिकेटर पनि हुन्। यसअघि सन् १९५२ मा विनू मांकड र १९९० मा अहिलेका प्रशिक्षक र तत्कालिन खेलाडी रवि शास्त्रीले सतक हानेका थिए।

उनले सो मैदानमा इन्डियन टिमकातर्फबाट ३१ वर्षपछि सतक हानेका हुन्। त्यस्तै, एसिया बाहिर गएर चार सतक हानेर विरेन्द्र सहवागको खेल रेकर्डसँग बराबरी गरेका छन्। तर, हसवागले ५९ पारीमा चार सतक हानेका थिए भने राहुलले २८ पारीमै त्यो दूरि पार गरेका हुन्।

के एल राहुलले इन्टरनेशसनल क्रिकेटमा १३ सतक प्रहार गरेका छन्। त्यसमा पनि चार सतक भने इंग्ल्यान्डमै प्रहार गरेका छन्। उनले इन्डियामा तीन सतक प्रहार गरेका छन्।

त्यस्तै, राहुल लर्डस र ओवल रंगशालामा सतक हान्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि रवि शास्त्री र राहुल द्रविडले पनि दुवै रंगशालामा सतक प्रहार गरेका थिए।

प्रकाशित: Aug 13, 2021| 16:43 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।