शनिबार, साउन ९, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मंसिर ६ गते बिहीबार के-के भए। अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

उग्रतारा मेलाबाट फर्किदा स्कूल बस खोलामा खस्यो : १५ जनाको मृत्यु

डडेल्‍धुरामा लाग्‍ने उग्रतारा मेला हेर्न गएको स्कूल बस खोलामा खस्दा १५ जनाको मृत्यु भएको छ। मेला हेरेर घर फर्किने क्रममा बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

नौ महिनापछि ओलीलार्इ कांग्रेसको प्रश्‍न- यो देशमा सरकार छ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नौ महिनाको ओली सत्‍ता पुर्णरुपमा असफल भएको निष्कर्ष निकाल्‍दै  बुधबार सार्वजनिक रुपमा प्रश्न सोधेको छ, 'के यो देशमा सरकार छ?' 

नेकपाको बैठक स्थगित, भोलि फेरि बस्‍ने
 
नेपाल कम्युनिस्ट पार्टीको बैठक बिहीबार पनि स्थगित भएको छ। बैठक शुक्रबार दिउँसो फेरि बस्ने जनाइएको छ। बैठकमा महासचिव विष्णु पौडेल र नेता रामबहादुर थापा सदस्य रहेको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएका छन्।  

संघीयता सकस : निल्नु न ओकल्नु !

नयाँ संविधान जारी भएर प्रधानमन्त्रीसमेत भइसकेका केपी ओलीले २०७४ साउन ११ गते कान्तिपुर टेलिभिजनमा एउटा लामो अन्तर्वार्ता दिँदै भनेका थिए- '२०६२/६३ सालको आन्दोलनको निर्धारित मागमा संघीयता भन्ने कुरै थिएन। 

कांग्रेस नेता कार्यकर्तालार्इ देउवाको उर्दी- 'अब सरकारविरुद्ध जाइ लाग'

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले आरोप लगाएका छन्।

प्रधानमन्‍त्रीले मन्‍त्री र सचिवलार्इ भने-काम गर्ने शैलीमा परिवर्तन गर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुकले विकासको गति लिनुपर्ने र त्यसले एक कदम भए पनि अघि बढ्नुपर्ने बताएका छन्। आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम एवं बजेटको कार्यान्वयनसम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन बिहीबार उनले सबै क्षेत्र हरेक दिन रचनात्मक कामसहित एक कदम अघि बढ्नुपर्ने बताए।

विधान टुंगो लगाउन कांग्रेस केन्द्रीय समिति बैठक आइतबार

विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आइतबार बोलाएको छ। आगामी २८ मंसिरदेखि ३ पुससम्म काठमाडौंमा हुने पार्टीको महासमिति बैठकमा पेश हुने विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनमा छलफल गर्न बैठक बोलाइको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

हुसेन हत्या प्रकरण : अवरुद्ध इटहरी–विराटनगर सडक खुल्यो

दुई बन्दुकधारीबाट मारिएका सुनसरीका फिदा हुसेनको हत्यारा यथाशीघ्र पत्ता लगाई कारबाही प्रक्रिया अघि बढाउन प्रहरी प्रशासन सहमत भएपछि इटहरी–विराटनगर सडक बिहीबार अपराह्नदेखि सञ्चालनमा आएको छ। 

वडा कार्यालयका काम होटल र चियापसलबाट

पर्वतको कुश्मा नगरपालिका-१२ ठूलीपोखरीमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जनप्रतिनिधिहरूलाई भने, ‘वडाध्यक्षहरूले होटल, चिया पसल र सडकमा बसेर नागरिकहरूका काम गरेको पाइएको छ, यसो नगर्नुहोला।’ 

सामा चखेवा दाजुभाइको बखान गर्ने पर्व

'वृन्दावनमें आइग लगै, कोई नई मुझाव रे... हमर भैया ...(फलना) भैया , दौडि –दौडि मुझाव हे..!!’ (बृन्दावनमा आगो लाग्दा निभाउने कोही भएनन्, मेरा दाजु (दाजुको नाम जोड्दै) दौडँदै आएर त्यो आगो निभाए)। 

अब त्रिविले लिने परीक्षा सूचना टेलिफोनबाटै

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलब्ध हुने भएको छ । विद्यार्थी र अभिभावकको सुविधालाई ध्यानमा राखी सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

विष खाएर मरेका १२ हजार माछा बजारमा!

रुपन्देहीको मर्चवारी गाँउपालिकाका एक किसानको माछापोखरीमा अज्ञात समूहले विष हाल्दा करिब १२ हजार माछा मरेका छन। ती माछालार्इ सस्तोमा बजारमा वितरण गरिएपछि उक्त क्षेत्रमा सन्त्रास फैलिएको छ। 

पथलैया-वीरगन्‍ज ६ लेनको सडकमा ठेकेदारको छली

अन्तर्राष्ट्रिय व्यापारका लागि सर्वाधिक प्रयोग हुँदै आएको पथलैया-वीरगन्ज व्यापारिक मार्गलार्इ छ लेन बनाउने काम थप ढिलो हुने भएको छ। ठेकेदारको छलीको कारण छ लेनको निर्माण अवधि थप लम्बिने भएको छ। 

चक्रपथको योजना नेपालगञ्‍जमा तुहिएपछि खजुरातर्फ

नेपालगञ्जको बढ्दो सवारी चाप व्यवस्थित गर्न ‘कुभु बोधमार्ग’ नामकरण गरी निर्माण अघि बढाइएको चक्रपथ योजना अलपत्र परेको छ। सिक्टा सिँचाइको नहर प्रमुख बाधक रहँदा अलपत्र परेको उक्त योजना निर्माणमा अहिले कसैले पनि चासो देखाएका छैनन्। 

‘ए’ डिभिजन लिग : थ्रीस्टार मनाङसँग २-१ ले पराजित 

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङ्दी क्लबले रुस्लान थ्री स्टार क्लबलाई पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ । लिगको तेस्रो खेलमा मनाङले प्रतियोगिताको दाबेदार मानिएको थ्री स्टारलाई २-१ ले पराजित गर्दै लिगमा लगातार तेस्रो जित निकालेको हो । 

जागिर नपाउँदाको पीडा : तीन युवाले गरे आत्महत्या

भारतको राजस्थान प्रान्तको अलवर सहरमा बेरोजगारीका कारण निराश भएका तीन युवाले गुडिरहेको रेलअगाडि हामफालेर आत्महत्या गरेका छन्। 

क्यानडामा सञ्‍चारमाध्यमलाई कर छुट र प्रोत्साहन 

क्यानडाको सङ्घीय सरकारले सङ्घर्षरत क्यानडाली सञ्चार उद्योगलाई नयाँ कर छुट र प्रोत्साहन उपलब्ध गराउने बुधबार घोषणा गरेको छ। क्यानडाली अर्थमन्त्री बिल मोर्निउले आगामी पाँच वर्षका लागि करिब ६० करोड क्यानेडेली डलरको प्याकेज उपलब्ध गराइने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।