रुपन्देही- एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय बुटवल उपमहानगर-११, रुपन्देहीस्थित देवीनगरमा स्थापना गरिएको छ। नयाँ शाखाको एनआई सी एशिया बैंक प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले बिहीबार भव्य समारोहकाबीच समुद्घाटन गरेका हुन्।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६६ शाखाकार्यालयहरु, २७४ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार रू. २१० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा एक सय ४३ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचानबनाउन सफल भइसकेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४