शनिबार, साउन ९, २०८३

मेगा बैंकबाट सामुदायिक अस्पताललाई एइडि मेशिन सहयोग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ओखलढुंगाको सिद्धिचरण नगरपालिका-११ मा रहेको युनाइटेड मिशन टु नेपाल ओखलढुङ्गा सामदुायिक अस्पतालको लागि मेशिन हस्तान्तरण गरेको छ।

मेशिन हस्तान्तरणको लागि केन्द्रबाट मेगा बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ, डिपोजिट प्रमुखजेनु थापा तथा ओखलढुङ्गा शाखाका कर्मचारीहरु उक्त कार्यक्रममा सहभागी भएका थिए।

मेगा बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले सो अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक टुक बहादुर श्रीमलाई सो उपकरण हस्तान्तरण गरेका थिए। 

सो कार्यक्रममा बोल्दै श्रेष्ठले ओखलढुङ्गा क्षेत्रमा मेगा बैंक बैंकिङ कारोबारको लागि मात्र नभई त्यस क्षेत्रको समृद्धिको लागि पनि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका थिए। 

विभिन्न कारणबाट अत्यन्त नाजुक अवस्थामा अस्पताल पुर्‍याइएका बिरामीहरुको उपचारका क्रममा कृत्रिम श्वास प्रणालीबाट त्यस्ता बिरामीहरुकोमुटुको चालसंचालनमा ल्याई बिरामीहरुलाई पुनर्जीवन प्रदान गर्नसो उपकरणबाट महत्वपूर्ण सहयोग पुग्ने अस्पतालले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्