शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस नेता कार्यकर्तालार्इ देउवाको उर्दी- 'अब सरकारविरुद्ध जाइ लाग'

कांग्रेस नेता कार्यकर्तालार्इ देउवाको उर्दी- 'अब सरकारविरुद्ध जाइ लाग'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ उन्मुख भएको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले आरोप लगाएका छन्।

भैरहवामा आयोजित प्रदेश स्तरिय कार्यशाला गोष्ठिमा देउवाले आफ्ना कार्यकर्ताहरुलाई नेकपाको बिरोध गर्न निर्देशन समेत दिंदै भने, 'यो सरकारलाई तत्काल खबरदारी गरिएन भने संघीयता र विगतका उपलब्धी नै समाप्त हुन्छन्। देउवाले थप आक्रोषित हुँदै भने उनीहरुकै नेताहरुले विरोध गर्न थाले हामीले किन नगर्ने ?'

नेपाली कांग्रेसले मंसिर अन्तिम साता काठमाण्डौंमा हुने महासमिति बैठकमा प्रस्तुत गरिने राजनैतिक प्रस्ताव तयार गर्न कांग्रेसले सुरु गरेको प्रदेशस्तरीय सुझाव संकलन मंसिर ७ गते सकिंदै छ। भैरहवामा भएको प्रदेश नम्वर ५ को प्रदेशस्तरीय सुझाव संकलन अन्तिम रहेको केन्द्रिय सदस्य भिष्मराज आंगदम्बेले जनाए।

सुझाव संकलनमा प्रदेश नम्बर ५ का पार्टी केन्द्रिय सदस्यहरु, आमन्त्रीत केन्द्रिय सदस्यहरु, पार्टी जिल्ला सभापतिहरु, प्रतिनिधि सभाका सदस्यहरु, राष्ट्रिय सभाका सदस्यहरु, प्रदेश सभाका सदस्यहरु, महासमिति सदस्यहरु, क्षेत्रीय सभापतिहरु, भातृ संघ एवं शुभेच्छुक सस्थाका प्रदेशस्तरीय सभापति वा अध्यक्षहरु, निर्वाचित नगर प्रमुखहरु, उपप्रमुखहरु तथा गाउँपालिकाका अध्यक्ष उपाध्यक्षहरु सहभागी भएका छन्।

केन्द्रले प्रदेश ५ मा संयोजकका रुपमा केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणलाई संयोजक तोकेको थियो। कार्यक्रममा ३ सय ५० बढी कांग्रेस कार्यकर्ताहरु सहभागी भएको नेपाली कांग्रेसका जिल्ला सचिव रामकृष्ण खाँणले जनाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।