शनिबार, साउन ९, २०८३

इपीएल : आयरल्याण्डका पाउल स्टिलिर्ङ चितवनमा अनुबन्धित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आयरल्याण्डका विकेट किपर पाउल स्टिलिर्ङ टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० का लागि चितवन टाइगर्समा अनुबन्धित भएका छन् । चितवनले बिहिबार प्रेस विज्ञप्ति मार्फत स्टिलिर्ङलाई चितवनमा अनुबन्ध गरेको जनाएको हो ।
 
निकै अनुभवी खेलाडी स्टिलिर्ङसँग बंगलादेश प्रिमियर लिग खेलेको अनुभव रहेको छ । इंग्ल्यान्डको काउन्टी मिडलसेक्सबाट खेलिसकेका २८ बर्षिय स्टिलिर्ङ अलराउन्डर समेत हुन् । 

स्टिलिर्ङ अहिले युएईमा जारी टी-१० लिग खेलिरहेका छन् । उनी नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको केरला किङसबाट खेलिरहेका छन् । आयरल्याण्डबाट स्टिलिर्ङले १ टेष्ट, १ सय एकदिवसीय र ५२ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । 

उनले ६५ प्रथम श्रेणीका खेल र १ सय ८० लिस्त ‘ए’ मान्यता प्राप्त खेल खेलेका छन् । ‘गत सिजन हामीले चाहे जस्तो गर्न सके नौ । त्यसैले हामीले यस सिजन अनुभवि खेलाडी अनुबन्धित गरि रहेका छौ ।’ 

चितवन टाइगर्सका मालिक किशोर भट्टले प्रस विज्ञाप्ती मार्फत जानकारी दिए, ‘बाँकी दुई विदेशी खेलाडी भित्र्याउने प्रयास गरि रहेका छौ ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।