शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हुसेन हत्या प्रकरण : अवरुद्ध इटहरी–विराटनगर सडक खुल्यो

हुसेन हत्या प्रकरण : अवरुद्ध इटहरी–विराटनगर सडक खुल्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी-दुई बन्दुकधारीबाट मारिएका सुनसरीका फिदा हुसेनको हत्यारा यथाशीघ्र पत्ता लगाई कारबाही प्रक्रिया अघि बढाउन प्रहरी प्रशासन सहमत भएपछि इटहरी–विराटनगर सडक बिहीबार अपराह्नदेखि सञ्चालनमा आएको छ । मृतक हुसेनका एक छोरालाई नेपाल विद्युत् प्राधिकरणमा जागिर लगाइदिन, हुसेनलाई सहिद घोषणा गर्न र क्षतिपूर्ति उपलब्ध गराउन प्रशासन सहमत भएपछि अवरुद्ध सडक सञ्चालनमा आएको हो ।

गृहमन्त्रीको राजीनामाबाहेक अरू माग पूरा गर्न सरकार पक्ष सहमत भएपछि फिदाको शव उठाउन सहमत भएको उनको परिवारजनले बताएका छन् । वार्तामा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती र प्रहरी प्रमुख एसपी राजन अधिकारी तथा मृतकका आफन्त सहभागी थिए । बुधबार बिहान श्रीमतीसँगै मर्निङ वाकमा रहँदा हुसेनलाइ दुहरी नगरपालीका–९ मा छाताबेलीको नहरको पुल नजिक गोली हानिएको थियो । 

दुहबीको जयबाबा इट्टा उद्योगका व्यवस्थापक हुसेनलाई गोली लागेपछि उपचारका क्रममा विराटनगरको एक अस्पताल लाँदै गर्दा मृत्यु भएको थियो। हुसेन दुहबीको विद्युत प्राधिकरणका एक प्राविधिक कर्मचारीको रुपमा पनि कार्यरत थिए । मुस्लिम धर्मवालम्बीहरुको पवित्र महोम्मद डेका दिन गरिएको हुसेन हत्याको विरोधमा प्रदर्शन भएका थिए। 

प्रदर्शनकारीहरुले बुधबार बिहान ८ बजेटदेखि मुख्य दुहबी बजार र बजारबाटै जाने राजमार्ग अवरुद्ध पारेका थिए । धरान–इटहरी–विराटनगर जस्ता प्रदेश १ का मुख्य तीन सहर जोड्ने राजमार्गको दुहबी क्षेत्रमा सडक अबरुद्ध भएपछि पूर्वपश्चिम राजमार्गको विराटचोक हुँदै सवारीलाइ डाइभर्ट गर्नुपरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।