बिहीबार, चैत १९, २०८२

जय नेपाल क्रिकेट उपाधि लालसलामलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
दार्चुला- दार्चुलाको शैल्य शिखर नगरपालिकास्थित गोकुलेश्वरमा सञ्चालित जय नेपाल खुला क्रिकेट प्रतियोगिताको उपाधि सदरमुकाम खलङ्गाको लालसलाम टोलीले जितेको छ । विहीबार भएको फाइनल प्रतियोगितामा बस्कोट सुपरकिङलाई ९० रनको अन्तरले पराजित गर्दै लालसलाम टोलीले उपाधि जितेको हो । 

टस जितेर पहिला ब्याटिङ गरेको लालसलामले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै १८५ रनको विशाल स्कोर खडा गरेको थियो । लालसलाम टोलीका तर्फबाट गौतम धामीले सर्वाधिक ८३ रन र सञ्जी फिरिमालले ३८ रनको योगदान दिएका थिए । बस्कोट सुपरकिङका तर्फबाट दीपेन्द्र ऐरीले तीन र किरण ठगुन्नाले दुई विकेट लिएका थिए । 
१८५ रनको लक्ष्य पछ्याउने क्रममा सुपरकिङ १६ दशमलब एक ओभरमा ९५ रनमै समेटियो । सुपरकिङका तर्फबाट किरण धामीले ४५ र दीपेन्द्र बोहराले १५ रन बनाउनुबाहेक अरू खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । लालसलाम टोलीका तर्फबाट करण डडालले तीन विकेट लिए । 

खेलको ‘म्यान अफ द म्याच’ र उत्कृष्ट ब्याट्सम्यान लालसलाम टोलीका गौतम धामी र ‘म्यान अफ द सिरिज’ रवि बिष्ट घोषित भए । 

यस्तै बस्कोट टोलीका प्रकाश चन्द उत्कृष्ट बलर घोषित भएको आयोजक अपी चौलानी सृजनशील युवा क्लबका अध्यक्ष रमेश भट्टले जानकारी दिनुभयो । जिल्लाकै सर्वाधिक धनराशिमा सञ्चालन भएको प्रतियोगिताको प्रथम टोलीलाई नगद एक लाख एक हजार १११, द्वितीयले नगद ६१ हजार १११ तथा कप मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । 

यस्तै हरेक खेलका ‘म्यान अफ द म्याच’लाई रु पाँच हजार ५५५ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा दार्चुलाका नौ तथा बैतडीका चार वटा गरी कूल १३ टोलीले सहभागिता जनाएका थिए । दार्चुलाका नेपाली काङ्ग्रेसले जितेका व्यास, दुहुँ, मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको आर्थिक सहयोगमा पहिलोपटक जय नेपाल क्रिकेट प्रतियोगिता सञ्चालन भएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।