बुधबार, चैत १८, २०८२

पहिलो हाफ : थ्रीस्टारविरुद्ध मनाङको २-० को अग्रता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्र्तगत बिहिबारको दोस्रो जारी खेलको पहिलो हाफमा मनाङ मस्र्याङ्दीले थ्री स्टार क्लबविरुद्ध अग्रता लिएको छ । मनाङले थ्री स्टारविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको हो । 

मनाङले पहिलो हाफको १० औं मिनेटमा सुरुवाती अग्रता सिलएको थियो । मनाङलाई अग्रता दिलाउन अञ्जन बिष्टले गोल गरेका थिए । उनले हेमन गुरुङको लामो पासलाई भलि प्रहार गर्दै उत्कृष्ट गोल गरेका थिए । 

त्यसपछि खेलको १८ औं मिनेटमा एडेलेजा ट्रेसले गोल गर्नै टोलीको अग्रता दोब्बर पारे । उनले हेमन गुरुङकै लामो पासलाई रिसिभ गर्दा थ्रीस्टारका गोलकिपर एलन न्यौपाने फरवार्डमा आएक थिए । 

तर, प्रहार भएको बललाई विजय धिमालले रोक्न खोज्दा बल रोलिङ हुँदै गोल पोस्टमा पुगेका थियो । बल बचाउन कप्तान बिक्रम लामाले थ्रयास गर्न खोज्दा उनी पनिान असफल भएका थिए ।

निकै नै रोमाञ्चक भएको पहिलो हाफमा थ्री स्टारले अक्रमक खेल प्रस्तुत गरे पनि गोल गर्न भने सकेन । यसअघि थ्री स्टारले प्रतियोगिताको लय समात्दै आएको थियो भने मनाङ स्टार खेलाडी खेलैपिछे घाइते हुनुले संकटमा परेको थियो । 

यसअघि मनाङका कप्तान तथा मिडफिल्डर सुजल श्रेष्ठ र प्रकाश बुढाथोकी चोटका कारण केही साता मैदान बाहिर रहेका छन् ।  दोहोरो पहेलो कार्डका कारण ओलावाले अफिजले थ्री स्टारविरुद्वको खेल गुमाएका थिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।