शनिबार, साउन ९, २०८३

इटहरी-विराटनगर सडक बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरीः दुई बन्दुकधारीबाट मारिएका सुनसरीका फिदा हुसेनको हत्याको २९ घन्टा बितिसक्दा पनि इटहरी–विराटनगर सडक खुल्न सकेको छैन।  बुधबार बिहान श्रीमतीसँगै मर्निङ वाकमा रहँदा हुसेनलाइ दुहरी नगरपालीका–९ मा छाताबेलीको नहरको पुल नजिक गोली हानिएको थियो । 

दुहबीको जयबाबा इट्टा उद्योगका व्यवस्थापक हुसेनलाई गोली लागेपछि उपचारका क्रममा विराटनगरको एक अस्पताल लाँदै गर्दा मृत्यु भएको थियो। हुसेन दुहबीको विद्युत प्राधिकरणका एक प्राविधिक कर्मचारीको रुपमा पनि कार्यरत थिए । 

मुस्लिम धर्मवालम्बीहरुको पवित्र महोम्मद डेका दिन गरिएको हुसेन हत्याको विरोधमा प्रदर्शन भएका थिए। प्रदर्शनकारीहरुले बुधबार बिहान ८ बजेटबाटै मुख्य दुहबी बजार र बजारबाटै जाने राजमार्ग अबरुद्ध पारिरहेका छन। 

गृहमन्त्रीको राजीनामादेखि हुसेनलाइ शहिद घोषणा लगायतका माग राखेर प्रदर्शनकारीहरुले सडक अवरुद्ध गरिरहेका छन्। मुस्लिम समुदायहरुले दुहबी बाहेक सुनसरीका मुस्लिम बाहुल्य क्षेत्रहरुमा पनि प्रदर्शन गरिरहेको सुनसरी जिल्ला प्रहरीले जनाएको छ। दुहबीका हत्या गरिएका हुसेनको सब सडकमा राखेर प्रदर्शन भइरहेको दुहबी प्रहरीले बताएको छ। 



धरान–इटहरी–विराटनगर जस्ता प्रदेश १ का मुख्य तीन शहर जोड्ने राजमार्गको दुहबी क्षेत्रमा सडक अबरुद्ध भएपछि पूर्वपश्चिम राजमार्गको बिराटचोक हुँदै सवारीलाइ डाइभर्ट गर्नुपरेको ट्राफिक प्रहरीले बताएको छ। प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालयका डिएसी कृष्ण प्रसाईले बुधबारबाट अबरुद्ध राजमार्ग बिहीबार दिँउसो २ बजेसम्म पनि जारी रहेको बताए । 

दुहबी क्षेत्रको सडक अबरुद्धको विकल्पमा ट्राफिक प्रहरीले विभिन्न रुटहरु डाइभर्ट गरेर सवारीलाइ सञ्चालन प्रयास गरेको डिएसपी प्रसाईले बताए । 

‘हामीले पूर्वबाट आएका सवारीलाइ उर्लाबारीबाट र धरान, इटहरीबाट आएका सवारीहरुलाइ बिराटचोकबाट डाइभर्ट गरेर विराटनगर पु¥याइरहेका छौँ’, डिएसपी प्रसाईले भने, ‘सडक नखुलेरका कष्टकर यात्रा गर्न यात्रु बाध्य छन्।’


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।