आइतबार, साउन १०, २०८३

‘ए’ डिभिजन लिग : च्यासलको जितमा विमलको २ गोल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहीबारको पहिलो खेलमा च्यासल युवा क्लबले लिगमा आफ्नो पहिलो जित निकबालेको छ । न्यू रोड टिम (एनआरटी) लाई ५-१ गेलले पराजित गर्दै लिगमा पहिलो जित निकालेको हो । 

च्यासलको जितमा स्टाइकर विमल घर्तिमगर र अमिर श्रेष्ठले २-२ गोल गर्दा सन्तोष साहुखलले १ गोल गरे । च्यासलका लागि अमिर श्रेष्ठ खेलको १४ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । 

उनले २९ औं मिनेटमा आकर्षक भलीमार्फत पुनः च्यासलको अग्रता दोब्बर पारे । एनआरटीका लागि आठौं मिनेटमा राजेश परियारले गरेको फितलो प्रहार गोलरक्षक दिनेश थापामगरले सहजै बचाए । 

२० औं मिनेटमा एनआरटीकै डिकेश खड्गीले सुशील लामाको पासलाई सदुपयोग गर्न सकेनन् । च्यासलका सन्तोष साहुखलले ३२ औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र गरेको प्रहारलाई गोलरक्षक सोजित गुरुङले विफल पारिदिए । 

पहिलो हाफमा २-० ले अगाडी रहेको च्यासलले दोस्रो हाफमा ३ गोल थप्यो । ५७ औं मिनेटमा विमल घर्तिमगरले गोल गरे । हेमन्त थापामगरको क्रसमा सन्जोग राईले ६ यार्ड बक्सभित्रबाट दिएको हेडर पासमा विमलले गोल गरे । 

त्यसपछि सन्तोष साहुखलले ६४ औं मिनेटमा विमलको पासमा गोल गरे । ८६ औं मिनेटमा हेमन्त थापामगरको क्रसमा सन्तोष साहुखलले सट प्रहार गर्न नसक्दा फार पोस्ट मा अन्मर्क रहेका विमलको शक्तिशाली प्रहार गोलरक्षक सोजित गुरुङले बचाउन सकेनन् । 

एनआरटीका लागि इन्ज्युरी समयको पहिलो मिनेटमा मसुदले सान्त्वना गोल फर्काए । च्यासलको जारी लिगमा यो पहिलो जित हो । टोलीको ३ खेलमा ४ अंक भएको छ । एनआरटी भने लगातार दोस्रो खेलमा पराजित भयो । एनआरटीको ३ खेलमा १ अंक छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।