एजेन्सी- पुर्व चेल्सीका लेजेण्ड खेलाडी डिडियर ड्रोग्बाले खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । उनले खेल जीवनको उत्कृष्ट २० वर्ष अब अन्त्य भएको बताएका हुन् ।
आइभरी कोस्टका ४० वर्षका स्ट्राइकर ड्रोग्बाले चेल्सीमा दुई कार्यकाल गरेर ३८१ खेल खेलेका छन् । उनले ३८१ खेल खेल्दै १६४ गोल गरेका छन् । उनले चारपटक प्रिमियर लिग उपाधि उचालेका थिए ।
यतिमा नभई सन् २०१२ मा च्याम्पियन्स लिगको उपाधि समेत उचाले । पछिल्ला १८ महिना डिडियर ड्रोग्बाले अमेरिकी क्लब फोनिक्स राइजिङ्गमा बिताए । यो क्लबका मालिक मध्ये उनी पनि एक हुन् ।
उनले भनेका छन्, ‘२० वर्ष लामो खेल यात्रापछि मैले खेल जीवन यहिँ टुंग्याउने निर्णय गरेको छु ।’ उनको व्यवसायिक खेल जीवनको अन्तिम खेल झण्डै दुई हप्ताअघि अमेरिकाको दोस्रो लिगको फाइनलमा लुइभेल सिटी एफसीसँग १-० ले पराजित भएको थियो । उनले २३ वर्षको उमेर हुादा सम्म शीर्ष लिगमा खेलेका थिएनन् ।
डिडियर ड्रोग्बाले आइभरी कोस्टका लागि १०४ खेल खेलेका थिए । जहाँ ६५ गोल गरेका थिए । उनी आइभरी कोस्टको राष्ट्रिय टोलीमा २००२ बाट डेव्यु गरेका थिए । त्यसपछि आइभरी कोस्टको राष्ट्रिय टोलीमा १३ बर्ष बिताएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४