शनिबार, साउन ९, २०८३

सन्दीप डेब्यु खेलमा नै ‘म्यान अफ दि म्याच’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- युएईमा जारी टी-१० क्रिकेट लिगमा केरला किङसबाट खेलिरहेका नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने आफ्नो डेब्यु खेलमा नै ‘म्यान अफ दि म्याच’ घोषित भएका छन् । बुधबार भएको खेलमा साहिद अफ्रिदिको टिम पख्तुनविरुद्ध ३ विकेट लिदै ‘म्यान अफ दि म्याच’ घोषित भएका हुन् । 

उनकै पाँच विकेटको उत्कृष्ट प्रदर्शनको मद्दतले केरलाले पख्तुनलाई ८ विकेटले पराजित गरेको थियो । पख्तुनलाई सस्तैमा रोक्न सन्दीप लामिछानेले २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए । 

पख्तुनविरुद्ध सन्दीपले आफ्नो पहिलो ओभरमै दुई विकेट लिएका थिए । आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिएका सन्दीपले अन्तिम बलमा समेत विकेट लिएका थिए । चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले आक्रामक ब्याटिङ गरिरहेका वेष्ट इण्डिजका आन्द्रे फ्लेचरलाई पहिलो बलमा पेभेलियनको बाटो देखाए । 

फ्लेचर ३२ रनमा आउट भए । त्यसपछि अन्तिम बलमा सन्दीपले दक्षिण अफ्रीकाका कोलिन इन्ग्रामलाई १ रनमा आउट गरे । यस्तै छैटौं ओभरको चौथो बलमा सन्दीपले मुहमद कलिमलाई सुन्य रनमा आउट गरेका थिए । 

पख्तुनले पुरै १० ओभर खेल्दै ५ विकेट गुमाएर १०९ रन जोडेको थियो । पख्तुनले दिएको ११० रनको लक्ष्य केरलाले ७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । केरलाका लागि कप्तान इयान मोर्गनले अविजित ४६ रन जोड्दा केइरन पोलार्डले अविजित ११ रन बनाए । 

यस्तै पाउल स्ट्रलिङले ४० रन बनाउदा क्रिस गेल १३ रन जोडेर आउट भए । पख्तुनका अन्द्र्यु डसन र सोहिल खानले १र१ विकेट लिए । प्रतियोगिताको लागि सन्दीपलाई केरलाले ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।