शनिबार, साउन ९, २०८३

प्रजातन्त्रको लागि अन्तिम लडाइ लड्न देउवाको आग्रह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको रक्षाको एक पटक अन्तिम लडाइ लड्नु पर्ने बेला भएको बताएका छन्।

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको २९ औं वार्षिकोत्सवको बुधबार राजधानीमा उद्घाटन गर्दै सभापति देउवाले न्यायालयलाई वर्तमान सरकारले नियन्त्रण गर्न खोजिरहेकोले त्यसकाविरुद्ध सबै प्रजातन्त्रवादीहरु एकजुट हुन आब्हान गरेका हुन्। देउवाले कम्युनिस्टहरुले निरंकुसता ल्याउन खोजेकोले त्यसको सामना गर्नुपर्ने बताए।

‘संसारबाट खत्तम भएका कम्युनिस्टहरु अहिले नेपालमा आएका छन्’, देउवाले भने, ‘कम्युनिस्टहरु इण्डिपिडेन्ट जुडिसियरीलाई कमिटेड जुडिसियरी बनाउँदै कमिटेड सेना र प्रहरी बनाउने षडयन्त्रमा लागिरहेका छन्।’देउवाले ब्यालेट वा वुलेट जुन माध्यमबाट आए पनि कम्युनिष्टहरुले प्रजातन्त्र खतम गर्न आँटेकोले प्रजातन्त्र बचाउन अर्को लडाई लड्नु पर्ने बेला आएको बताए।
 
कांग्रेससँग प्रतिपक्षी दलमा बसेर भूमिका निर्वाह गरेको अनुभव नभएको स्वीकार्दै विपक्षी दलको नेता समेत भएका देउवाले अब कांग्रेसले विपक्षी दलको भूमिका प्रभावकारी रुपमा निर्वाह गर्ने बताए।
 
एसोसिएसनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीले आगामी बार एसोसिएसनको निर्वाचनमा लोकतन्त्रबादी समूहका उम्मेदवारलाई जिताउन एसोसिएसनले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए। 

नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले बारको आगामी निर्वाचनमा लोकतन्त्रवादी कानुन व्यवसायीको व्यापक, बृहत, सहमति र सहकार्यकै आधारमा उम्मेदवारहरु चयन गरिने विश्वास दिलाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।