शनिबार, साउन ९, २०८३

आदित्य नाथ आउने घटनाप्रति निधिको आपत्ति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले जयनगर-जनकपुर रेलवे सेवाको उद्घाटन गर्न भारतको उत्तरप्रदेशका मुख्य मन्त्री आदित्य नाथ आउन लागेको घटनाप्रति आपत्ति जनाएका छन्। 

बुधबार आफ्नै निवास बानेश्वरमा सञ्चारकर्मीसँगको कुराकानीमा उपसभापति निधिले केन्द्र सरकारको सहयोगमा निर्माण भएको जयनगरदेखि जनकपुर उपमहानगरपालिकाको कुर्थासम्मको रेलवेको उद्घाटनमा भारतीय प्रदेश सरकारको मुख्यमन्त्री आउनुलाई कुटनीतिक मर्यादा विपरित भएको बताएका हुन्।

‘भारतीय केन्द्रीय सरकारसँगको सम्झौतामा निर्माण भएको सो रेलवे सेवाको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनिएकोमा के कारण मुख्य मन्त्रीलाई उद्घाटनमा बोलाईयो?’, निधिले प्रश्न गरे, ‘कुटनीतिक मर्यादालाई ख्याल नगरी मुख्यमन्त्री आदित्य नाथ आउने घटना आपत्तिजनक र लज्जास्पद हो।’

विदेशबाट आउने सरकार प्रमुख वा अन्य प्रतिनिधिको विषय कुटनीतिक भएकोले यसको जिम्मेवारी संघीय सरकारको भए पनि कुटनीतिक मर्यादा र नीतिलाई ख्याल नगरी मुख्य मन्त्रीलाई रेलवे सेवा उद्घाटनका लागि ल्याउन लागिएको भन्दै निधिले आलोचना गरे। उनले भने, ‘विदेशबाट आउने र उद्घाटन गर्ने विषय कुटनीतिक  भए पनि प्रदेश सरकार केन्द्रीय सरकारको निर्देशनलाई स्वीकार्दै पुच्छर बनेको छ।’

भारतको उत्तर प्रदेशका मुख्य मन्त्री आदित्य नाथ रामजानकी विवाह पञ्चमीको दिन २६ मंसिरमा जनकपुर आएर रेलवे सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। यसअघि सो रेलवे सेवाको शुभारम्भ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने घोषणा गरिएको थियो। पछि मोदीको नेपाल आउने निश्चित नभएपछि भारतीय जनता पार्टीका पूर्वअध्यक्ष तथा गृहमन्त्री राज नाथ आउने भनिएको थियो।

यसैबीच कांग्रेस उपसभापति निधिले भारतीय स्वतन्त्रता दिवसको अवसरमा नेपालबाट पूर्वराजा ज्ञानेन्द्र शाहलाई विशेष अतिथि बनाइने सूचना आइरहँदा सरकारले कुनै प्रतिक्रिया नदेखाएकोप्रति आपत्ति जनाएका छन्। 

उनले संविधान विपरित संघीयताको विरोधमा अभियानहरु चलिरहेको बेला पूर्वराजा ज्ञानेन्द्रलाई भारतीय सरकारले विशेष अतिथि बनाउने सूचना आउँदा समेत मौन बस्नुलाई सरकार संघीयता विरोधी तत्वलाई टेवा दिन लागिरहेको पुष्टी हुने दाबी गरे। निधिले सरकारले आफ्नो विदेश नीति र संघीयताको विषयमा आफ्नो धारणा र नीति प्रष्ट पार्नु पर्नु पर्ने बेला आएको बताए। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।