शनिबार, साउन ९, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-  आज मंसिर ५ गते बुधबार कहाँ के- के भयो? अब थाहा पाउनुहोस्, नेपाल समयको दिनभरी।

नेकपाभित्र चुलियो असन्तुष्टि : २१ केन्द्रीय सदस्यले दिए नेतृत्वलाई ज्ञापन 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का डेढ दर्जन केन्द्रीय सदस्यले सरकार र पार्टी सञ्चालन प्रक्रिया वैज्ञानिक, पारदर्शी र समन्यायका आधारमा नभएको आरोप लगाउँदै नेतृत्वसमक्ष ज्ञापनपत्र बुझाएका छन्। 

शान्ति प्रक्रिया : १२ वर्षमा खोलो पनि फर्किएन

भनिन्छ, १२ वर्षमा खोलो फर्कन्छ। यो नेपाली उखानलाई मुलुकको शान्ति प्रक्रियाले चुनौती दिएको छ। १२ वर्षमा खोलो फर्किएन। शान्ति सम्झौताका मुख्य कार्यदिशा लडाकु समायोजन, संविधानसभा निर्वाचन र संक्रमणकालीन न्यायलाई टुंगोमा पु-याउने भन्ने थियो।

जनयुद्धमा बेपत्ता भएकाको समस्या जेठसम्ममा समाधान हुन्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वपीडितको पीडा घटेको बताए। प्रेस चौतारी र प्रेस सेन्टर चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले द्वन्द्वपीडितको अवस्था विगतको भन्दा राम्रो भएको बताए ।

ओली सरकार गतिहीन हुनुका १० कारण

केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको ९ महिना पुगेको छ। सरकारको ९ महिने कामको समीक्षाका विषयमा सकारात्मक भन्दा नकारात्मक टिप्पणी बढी आउने गरेका छन्। ओली सरकार गतिहीन हुनुमा यस्ता छन् दस कारण : 

'मुलुकमा फेरि विद्रोहको खतरा'

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले देशका अर्को विद्रोहको खतरा बढेको बताएका छन्। विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष बितिसक्दा पनि द्वन्द्व पीडितले न्याय नपाउँदा बिद्रोहको खतरा बढेको उनको भनाई छ।

खुर्सिद हत्याको २ महिनापछि सुनसरीमा अर्का मुस्लिम व्यवसायीको हत्या

दक्षिणी सुसनरीको भुटाहा बजारमा मुस्लिम अगुवा खुर्सिद अन्सारीलाइ गोली हानी हत्या भएको २ महिनपछि सुनसरीका अर्का मुस्लि व्यवशायीको हत्या भएको छ ।

१४ हजार भूकम्पपीडितले सम्झौता गर्न बाँकी

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि काभ्रेपलाञ्चोक जिल्लामा पहिचान भएको भूकम्प लाभग्राहीमध्ये १४ हजार ६० जनाले अझै अनुदान सम्झौता गरेका छैनन्। 

सडक निर्माणमा दोहरो मापदण्ड प्रयोग नगर्न अदालतको आदेश

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र अहिले सडक विस्तार कार्य तिव्र रुपमा भइरहेको छ। एसियाली विकास बैंकको सहयोगमा एकीकृत शहरी विकास आयोजना र शहरी डिभिजन कार्यालयमार्फत साँगुरो रहेका यहाँका सडकहरु विस्तार गर्ने कार्य अघि बढेको छ।

ठेकेदारलाई कारबाही भए-नभएको सात दिनभित्र रिपोर्ट बुझाउन निर्देशन

अर्थ समितिले ठेकेदारका कारण समयमा सम्पन्न हुन नसकेका आयोजनाको विवरण र सम्बन्धित पक्षलाई कारबाही भए–नभएको रिपोर्ट सात दिनभित्र बुझाउन सरकारलाई निर्देशन दिएको छ। कारबाही गर्ने कानुनी आधार समेत पेश गर्न निर्देशन दिइएको छ।

अभिव्यक्ति स्‍वतन्त्रताको धज्‍जी उडाउँदै अमेरिका

प्रेस स्वतन्त्रताको हिमायती राष्ट्र संयुक्त राज्य अमेरिकाले पत्रकारको अनुमतिपत्र खारेज गरेर विश्व समुदायमाझ विवादास्पद बन्न पुगेको छ। गत हप्ता अमेरिकी राष्ट्रपती डोनाल्‍ड ट्रम्पले प्रेस पास जफत गरेर अमेरिकाको शिर निहुराउने काम गरे।

मिस वर्ल्डको भोटिङमा शृंखला अगाडि, यस्तो छ भोट गर्ने तरिका 

सन् २०१८ मा मिस नेपाल बन्न सफल शृंखला खतिवडा यतिबेला मिस वर्ल्डको प्रतिस्पर्धामा मात्रै छैनन् की उनी भोटिङमा सबैभन्दा अगाडी छिन्। चीनमा भइरहेको प्रतिस्पर्धामा उनी सहित १२१ देशकाप्रतिस्पर्धीहरु प्रतिस्पर्धामा छन्। 

अमिताभको सत्कार्य : किसानका साढे चार करोड ऋण तिरिदिँदै

बलिउड महानायक अमिताभ बच्चनले उत्तर प्रदेशका १ हजार ३ सय ९८ किसानको ४ करोड ५० लाख भारु ऋण तिरिदिने भएका छन्। उनले यसअघि पनि महाराष्ट्रका ३५० किसानको ऋण चुक्ता गरिदिएका थिए। 

नेयमार र एमबाप्पे घाइते हुँदा पिएसजीलाई संकट

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)लाई आफ्ना मुख्य दुई खेलाडी चोट ग्रस्त भएपछि संकट परेको छ। टोलीमा ‘गोल मेसिन’का रूपमा चिनिएका ब्राजिलियन स्टार खेलाडी नेइमार र फ्रान्सका युवा स्टार केलियन एम्बाप्पे एकसाथ घाइते हुँदा पिएसजीमाथि संकट बढेको हो।

पाकिस्तानलाई अर्को झड्का : ट्रम्पले रोके १६६ करोड डलर सैन्य सहायता

अमेरिकाले पाकिस्तानलाई प्रदान गर्दै आएको १६६ करोड डलर सैन्य सहायतामा रोक लगाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि यस्तो निर्णय लिइएको अमेरिकी प्रतिरक्षा विभागको मुख्यालय पेन्टागनले जनाएको छ। पाकिस्तानले आफूसँग लिइमात्रै रहेको तर अमेरिकाका पक्षमा कुनै सहयोग नगरेको भन्दै ट्रम्प प्रशासनले यस्तो निर्णय लिएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।