बिहीबार, असार १२, २०८२

सनराइज क्यापिटलको वित्तीय साक्षरता

 |  आइतबार, असोज ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

vianetvianet

सनराइज क्यापिटल लिमिटेडले बिटा एनालिटिक्स प्रालिको सहकार्यमा पुँजी बजार साक्षरता अभियान सञ्चालन गरेको छ।

सो अभियानअन्तर्गत संस्थाले देशका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। सो कार्यक्रमअन्तर्गत सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको क्यापिटलले जनाएको छ।

कार्यक्रमबाट क्यापिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्नुका साथै नयाँ पुस्तालाई पुँजी बजार सम्बन्धमा साक्षर बनाउन र सेयर बजार लगानी सम्बन्धि व्यावहारिक तथा आधारभूत ज्ञान प्रदान गर्न सफल भएको बताइएको छ। यस्ता कार्यक्रमले विद्यार्थीलाई पुँजी बजारको सुक्ष्म ज्ञान प्रदान गर्नुका साथै लगानी रणनीतिहरू, बजार विश्लेषण र वित्तीय योजनाको बारेमा जानकारी लिन सहज हुने कम्पनीको दावी छ।

 

प्रकाशित: Sep 24, 2023| 17:32 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्