सोमबार, चैत २, २०८२

अभिव्यक्ति स्‍वतन्त्रताको धज्‍जी उडाउँदै अमेरिका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- प्रेस स्वतन्त्रताको हिमायती राष्ट्र संयुक्त राज्य अमेरिकाले पत्रकारको अनुमतिपत्र खारेज गरेर विश्व समुदायमाझ विवादास्पद बन्न पुगेको छ। गत हप्ता अमेरिकी राष्ट्रपती डोनाल्‍ड ट्रम्पले प्रेस पास जफत गरेर अमेरिकाको शिर निहुराउने काम गरे। 
 
जब राष्ट्रका कार्यकारी जनताले जान्नै पर्ने सूचना दिन हिच्किचाउँछन र जवाफदेही हुन सक्दैनन तब कडा प्रश्न गर्ने पत्रकारलाई धम्क्याउँने गर्दछन्। ट्रम्पले पनि यस्तै गरे। केही समय अघि लोकप्रिय भारतीय मिडिया एनडिटिभीले त्यहाँको सरकारलाई खरो प्रश्न गर्दा केही समय प्रसारणमा नै रोक लगाएको थियो। नेपालमा पनि नेपाल टेलिभिजनको एक कार्यक्रममा सञ्‍चारमन्त्रीलार्इ कडा प्रश्‍न गर्ने पत्रकारलार्इ बर्खास्त गर्नुका साथै कार्यक्रम नै बन्द गरिएको थियो। 
 
भर्खरै सम्पन्न अमेरिकी प्रतिनिधि सभा र सेनेटको निर्वाचन परिणामबारे जानकारीका लागि आयोजित पत्रकार सम्मेलनमा अमेरिकी सञ्चार माध्यम सिएनएनलगायत विश्वका प्रमुख सञ्चार माध्यमका संवाददाताहरु उपस्थित थिए। जसमा सिएनएनका ह्वाइट हाउस संवाददाता जिम अकोस्टा पनि उपस्थित थिए। 

उनले राष्ट्रपतीको सञ्चार बुलेटिन सुनेपछि प्रश्नोत्तरको समयमा बर्ट मुलरबारे थप स्पष्ट पार्न अनुरोध गरेका थिए। मुलर सन २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसको हस्तक्षेप भएको भन्ने आरोपबारे छनबिन गर्न बनेको विशेष अनुसन्धान निकायका प्रमुख हुन। उनले आफ्नो पदीय क्षेत्राधिकारको दुरुपयोग गरी “इनर सर्कल“ का सदस्यहरुलाई जथाभावी थुनछेक गरेको विषयमा सत्यतथ्य बताउन बारम्बार अनुरोध गरिरहे।
 
तर, ट्रम्पले उनको प्रश्नको कुनै जवाफ दिन मानेन्। उल्टै अकोस्टा माथि बोल्ने-लेख्ने ढंग नभएको अशोभनीय कुरा मात्रै गरिरहने तुच्छ व्यक्ती भन्दै आरोप लगाए। तरपनि अकोस्टाले प्रश्न गर्न भने छाडेनन्।
 
यो विवादको दृश्‍य विश्वभर प्रत्यक्ष प्रसारण भईरहेको थियो। त्यतिकैमा ह्वाईट हाउसकी एक कनिष्ट कर्मचारीले अकोस्टाको हातबाट माइक्रोफोन खोस्ने कोशीस गरिन्। अकोस्टाले 'मलाई माफ गर्नु होला महासया' भनी राष्ट्रपतीमाथि प्रश्न प्रहार गरिरहे। ती कर्मचारीले माइक भने खोस्‍न सकिनन्।

त्यसपछि राष्ट्रपतिकै निर्देशनमा अकोस्टाको 'प्रेस पास' खोसियो। प्रेस पास खोसिएकोप्रति सिएनएनले आपत्ति जनाउँदै अदालतमा मुद्दा दायर गर्‍यो। राष्ट्रपतिको यस्तो व्यवहारको चौतर्फी आलोचना भयो। अदालतले पनि अकोस्टाकै पक्षमा फैसला गर्‍यो। अदालतको आदेशपछि राष्ट्रपति कार्यालयले उनको प्रेस फिर्ता गर्न बाध्य भयो। 

ट्रम्पले अदालतको आदेशको समयसीमा सकिएपछि पुन अकोस्टाको पास खोसिने दाबी गरेका छन्। आफूले राष्ट्रपतिलार्इ सताउन होइन बरु जनतालार्इ सुसूचित गर्न र सचेत गराउन प्रश्‍न गरेको अकोस्टाले प्रष्ट पारेका छन्।  

अमेरिकी संविधानको प्रथम संशोधन मै प्रेस स्वतन्त्रताबारे बलियो व्यवस्था गरिएको छ। जसअन्तर्गत सरकारले आम नागरिकमा सूचना प्रवाह गर्नबाट रोक्न कुनै प्रकारको बाधा अड्‍चन पुर्‍याउन सक्दैन्। तर, अमेरिकाजस्तो प्रेस स्वतन्त्रताको हिमायती राष्ट्रले नै प्रेसलार्इ कुण्ठित गर्ने कामबाट अमेरिका अहिले विश्‍वमाझ आलोचित बनिरहेको छ।

विश्‍वभर नै खोज पत्रकार तथा सरकारका गलत क्रियाकलापको उजागर गर्ने पत्रकारमाथि पटक-पटक आक्रमण हुने गरेका घटना नौला होइनन्। तर, अमेरिकाजस्तो प्रजातान्त्रिक मुलुकमा निर्वाचित राष्ट्रपतिले नै पत्रकारमाथि गरेको दुर्व्यवहारले सञ्‍चार जगतमा नयाँ चुनौती थपिएको छ। 
  
राज्यले यसरी सुचनालाई तगारो हाल्ने व्यवहार गरेको अवस्थामा कार्यकारी तानाशाही बन्नेतर्फ उन्मुख भएको बुझ्न सकिन्छ। आफुले तार्किक ढंगबाट जवाफ फर्काउन नसक्दा जवाफदेही संस्था र व्यक्तिले आक्रोश व्यक्त गर्ने र धम्याउने गर्छन्। यस्तो व्यवहार राष्ट्रपति ट्रम्पले समेत देखाए। 
                                           
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।