आइतबार, मंसिर १७, २०८०
  • गृहपृष्ठ
  • अर्थ
  • चितवनमा टाटाको नयाँ शोरुमबाट टियागो इभी र पन्च बिक्री सुरु

चितवनमा टाटाको नयाँ शोरुमबाट टियागो इभी र पन्च बिक्री सुरु

 |  आइतबार, असोज ७, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि भरतपुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको भरतपुरका लागि आधिकारिक वितरक एसएच मोटर्सले शुक्रबारदेखि शोरुम सञ्चालनमा ल्याएको हो।

sagarmatha cement

३,५०० वर्गफिट क्षेत्रफलमा फैलिएको एसएच मोटर्स भरतपुरको रिजाल चोकमा अवस्थित रहेको छ। यहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुनेछ। सोहि कार्यक्रममा नेपालमा भर्खरै सार्वजनिक गरिएका टाटा पन्च र टियागो इभी नामक दुई नँया गाडीहरुको विक्रि वितरण भरतपुरमा सुरु भएको छ।

कार्यक्रममा सिप्रदीको तर्फबाट पेसेन्जर सेगमेन्ट गाडीका प्रमुख सावन्त जङ्ग सिजापति र एसएच मोटर्सका व्यवस्थापकीय प्रमुख निर्देशक शर्मिला सेढाइको उपस्थिति रहेको थियो।

एसएच मोटर्सकाका व्यवस्थापकीय प्रमुख निर्देश सेढाइले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै टाटाको नयाँ शोरुम खोल्न पाउँदा र ग्राहकलाई उच्च स्तरको सेवा स्थनीय स्तरमै दिन पाउदा आफू खुशी भएको बताए।

समुच्च जिपट्रन प्रविधिले सुसज्जित टियागो इभी पाँच स्तम्भहरुमा उभिएको छ र ति हुन् कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ्ग र आराम अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्प जस्ता विशेषताहरु यसमा छन्। यो गाडीको इन्टेरिएर र एक्स्टेरिएर दुवैको बनावट पनि उत्कृष्ट एवं आकर्षक छ।

त्यसैगरी, टाटाको ‘न्यु फरेभर’ रेञ्ज अन्तर्गतको पन्चको चार आधारस्तम्भहरु हुन् मनमोहक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा। पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ।

यी दुई गाडीहरुले चितवनका ग्राहकहरुको मन र मष्तिस्कमा अमित छाप छोड्ने टाटा मोटर्सको नेपालस्थित एक मात्र अधिक्तित विक्रेता सिप्रदीले विश्वास लिएको छ।

 

प्रकाशित: Sep 24, 2023| 17:30 आइतबार, असोज ७, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

लगानी सम्मेलनमा के 'सोकेस' गर्दैछ नेपाल ?

लगानी सम्मेलनमा के 'सोकेस' गर्दैछ नेपाल ?

अबको पाँच महिनामा सम्मेलन गर्ने सोच सरकारले बनाइरहँदा त्यसको पूर्वतयारीका काम कति चुस्त हुन्छन् र सोचेअनुरुप उपलब्धि हासिल होला भन्नेमा चासो र आशंका देखिएको छ।