शनिबार, साउन ९, २०८३

भत्तपुरमा बृहत्त निर्माण उपकरण प्रदर्शनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- भारतीय उद्योग परिसंघले नेपालमा पहिलो पटक निर्माण उपकरणहरुको वृहत्त प्रदर्शनी–२०१८ गर्ने भएको छ। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय भित्रिएको निर्माण उपकरणहरु एकै ठाँउमा उपलब्ध गराउने उद्देश्यले उक्त प्रदर्शनी मंसिर ६ देखि ८ गतेसम्म भक्तपुरमा सञ्चालन हुने भएको हो।

आयोजक भारतीय उद्योग परिसंघले नेपालमा पहिलो पटक यसरी हेबी कन्स्ट्रक्सन इक्विप्मेन्टहरु एकै ठाँउमा प्रदर्शनी गर्न लागेको बताएको छ। 

अयोजकले उक्त प्रदर्शनीबाट नेपालकका विकास निर्माणका लागि निर्माण व्यवसायी तथा सिंगो मुलुकलाई सहयोग पुग्ने जनाएको छ।

आयोजककाअनुसार प्रदर्शनीमा करिब एक सय ५० प्रदर्शक रहने छन्। हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मेन्ट भारत, जेसीबी, केवाइबी कनम्याट, पुज्जेलाना लगायत कम्पनीहरु प्रायोजक रहेको प्रदर्शनीमा करिब छ हजार व्यवसायीले अवलोकन गर्ने आयोजकले अपेक्ष गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्