शनिबार, साउन ९, २०८३

स्वच्छ व्यवसाय सम्मेलन काठमाडौंमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- स्वच्छ व्यवसाय सम्मेलन काठमाडौंमा हुने भएको छ। हरेक दुई वर्षमा एशियाका विभिन्न राजधानीमा हुने उक्त सम्मेलन यो वर्ष काठमाडौंमा हुने भएको हो।

सम्मेलन उत्पादकलाई आफ्नो उत्पादन प्रदर्शन गर्न तथा बजार प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबारदेखि शुरु हुने जनाइएको छ। सम्मेलनमा नेपालसहित विश्वभरका २१ देशका एक सय ५० विज्ञ, नीति निर्माता, उत्पादक र व्यवसायी सहभागी रहने बताइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले उद्घाटन गर्ने उक्त सम्मेलन तीन दिनसम्म चल्ने जानकारी दिइएको छ। स्वच्छ व्यवसायी समूह एशियाका अध्यक्ष चित्रबहादुर केसीले सम्मेलनले सन् ०२० सम्मका लागि निर्धारण गरिएको दिगो विकासको लक्ष्यमा स्वच्छ व्यवसायको भूमिका,व्यवसायको मूल्याङ्कन पद्धति, बजार विस्तार र उत्पादनकको लागि जीवन निर्वाह ज्याला लगायत विषयमा छलफल हुने बताएका छन्।

सम्मेलनमा हस्तकलासहित स्वदेशी उत्पादकका ५० स्टल रहने अयोजक समूहल जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्