शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआर्इसीको अजोड ईन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता

एनआर्इसीको अजोड ईन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एनआई सी एशिया बैंक लिमिटेडले अजोड ईन्स्योरेन्स लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ। यस सम्झौताअनुसार अब ग्राहकहरुले मुलुकभर फैलिएको २६६ वटै शाखाहरुबाट सहज रुपमा अजोड ईन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने जनाइएको छ। 

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायमुकाय प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका थिए। 

उनले बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २६६ शाखा कार्यालयहरु, २७३ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बताए।                                                                   अअअअअअअअअअअअ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्