शनिबार, साउन ९, २०८३

आफ्नो तलब मृर्गौला पीडितलाई 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- अछामको बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले मृगौला पीडित श्याम रावलको उपचारका लागी ५० हजार आर्थिक सहयोग गरेका छन्। 

खड्काले उक्त रकम।आफुले पाउने तलबबाट दिएका हुन् । गाँउपालिकाको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी अध्यक्ष खड्काले मृगौला पीडित रावलको उपचारका लागि उक्त रकम प्रदान गरेका हुन्। 

खड्काले यस अघि नै आफुले कार्यकाल भर पाउने सबै तलब टुहुरा असहाय अनाथ तथा दिन दुखि बिरामीको हितमा खर्च गर्ने घोषणा नै गरिसेका छन्। उनले 
आफ्नो बाँकि रहेको तलव अनाथ टुहुरा बालबालिका तथा बेसहाराहरुलाई छिट्टै प्रदान गर्ने बताए। 

सामाजिक क्षेत्रमा के-कसरी तलव खर्च गर्ने भन्नेबारे योजना बनाई रहेको बताउदै उनले अव महिना दिन भित्रै बाँकि तलव बितरण गर्ने जानकारी दिए। आफु कुनै निजि स्वार्थका लागि राजनीतिमा नआएको भन्दै उनले जनताको सेवामा आफु सधै लागिपर्ने पर्ने बताए। खड्का नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।