एजेन्सी- अर्जेन्टिना तथा बार्सिलोनाका सुपरस्टार खेलाडी लियोनल मेस्सी आफ्नो देश र क्लबका लागि मात्र नभई विश्वकै सर्वश्रेष्ठ खेलाडी हुन् । उनले विश्व फिफाद्धारा प्रदान गरिने फिफा बालोन डि’ओर पाँच पटक जिति सकेका छन् ।
उनिसँगै पोर्चुगल तथा युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पनि पाँच पटक बालोन डि’ओर जितेका छन् । तर, यो बर्ष क्रिस्टियानो रोनाल्डोको जस्तो देखिदैन । किनकी, उनले पछिल्लो पटक रियल मड्रिडलाई च्याम्पियनस लिग जिताएका छन् ।
उनको यो लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि थियो । पछिल्लो समय मेस्सीले च्याम्पियनस लिग जिताउन नसके पनि उनको प्रदर्शन भने सधै उच्चनै रहने गर्द छ । यसै कारण पनि मेस्सी बालोन डि’ओरका लागि योग्य मान्न सकिन्छ । मेस्सीले बालोन डि’ओर जित्न सक्ने चार कारण :
क्लब स्तरको उच्च प्रदर्शन
गत सिजनको क्लब स्तरिय खेलहरुमा मेस्सीको प्रदर्शन उच्च रहेको छ । उनले पिछल्लो सिजन सबै खाले क्लब खेलमा ४५ गोल गरे । ५४ खेल खेलेका उनले ४५ गोल गरेका हुन् । उनले लिगमा १८ असिस्ट गरेका थिए भने घरेलु दुई प्रतियोगिता जिताएका थिए ।
उनले आफ्नो टिमलाई स्पेनिस लिग जिताउन महत्वपुर्ण भुकिका खेलेका थिए । तुलनात्मक रुपमा रोनाल्डोको गोल थोरै छ । रोनाल्डोले ४४ गोल र कम असिस्ट गरेका थिए भने एक ट्रफी दिलाए । यदि रुस विश्वकप २०१८ को चर्चा गर्ने हो भने मेस्सी र रोनाल्डोको प्रदर्शन एउटै थियो ।
बार्साका प्रमुख खेलाडी
लियोनल मेस्सी सधै बार्सिलोनाका मुख्य खेलाडी रहने गर्दछन् । उनी ला लिगा खेलका सबै भन्दा आकर्षक र महत्वपुर्ण खेलाडी समेत हुन् । पछिल्लो सिजन जभि र आन्द्रे इनिस्टा खेलमा तेति थिएनन् । तर पनि मेस्सीले आफ्नो क्लबको प्रभावकारीतालाई कम हुन दिएनन् र एक लिग तथा एक कपको उपाधि जिताएका थिए । त्यसैले पनि उनी बालोन डि’ओरका हकदार हुन् ।
अल इन वान
पछिल्लो सिजन मेस्सी एक्लै थिए । उनी एक अट्रयाकिङ मिडफिल्डर, मध्ये मिडफिल्डर र विङगरका रुपमा तथा एक स्ट्राइकरका रुपमा खेलेका थिए । उनले खेलमा थुप्रै सहायता र आफ्नो गोल पोस्टका गोल बचाउ समेत गरे । सरल भाषमा भन्नु पर्दा उनी बार्सिलोनका सबै भन्दा पुराना खेलाडी पनि हुन् ।
उत्कुष्ट खेलाडी
लियोन मेस्सी विश्वकै सबैभन्दा राम्रा खेलाडी समेत हुन् । यो स्पस्ट पार्न तथ्यको आवस्यकता पर्दैन । किनकी उनको बारेमा थाहा नभएका सायदै कमै होलान् । मेस्सी जे गर्न सक्छन् त्यो अरु कोही गर्न सक्दैनन् । त्यस्तै उनी अन्य बालोन डि’ओर उपाधि दाबेदार भन्दा अगाडी छन् र यस बर्षको बालोन डि’ओरका दाबेदार हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४